शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो देखियो नेफ्टा अवार्डको रेड कार्पेट, तस्विरमा हेर्नुहोस्

आइतबार, ०१ चैत २०७७, ११ : ४०
आइतबार, ०१ चैत २०७७

काठमाडौंँ ।  ‘१० औं नेफ्टा अवार्ड’ शनिबार सम्पन्न भएको छ । होटल सोल्टीमा आयोजित अवार्ड समारोहमा चलचित्र क्षेत्रका विभिन्न सेलिब्रेटीको सहभागिता रहेको थियो ।

उपराष्ट्रपति नन्दबहादुर पुनको समेत सहभागिता रहेको कार्यक्रममा थुप्रै कलाकर्मी आकर्षक पहिरनसहित रेड कार्पेटमा देखिएका थिए । कार्यक्रममा सदाबहार अभिनेत्री करिस्मा मानन्धर रातो कलरको गाउनमा सजिएर पुगेकी छन् । उनले लगाएको गाउन र उनको सौन्दर्यको समेत चर्चा भएका थियो ।

कार्यक्रममा अभिनेत्री विपना थापा पनि सहभागी थिइन् । विवाह पछि श्रीमान्को देश भारतमा रहदै आएकी थापाले लामो समयपछि नेपाली फिल्मको कार्यक्रममा सहभागी जनाएकी हुन् ।

विपना र करिश्मा मात्र होइन अभिनेत्री रेजिना उप्रेती, झरना थापा, गौरी मल्ल, दीपाश्री निरौला, माल्भिका लगायत थुपै्र कलाकार आकर्षक पहिरन सजिएर कार्यक्रममा सहभागी जनाएका थिए ।

 


कार्यक्रममा विभिन्न तीन दर्जन बढी कलाकर्मीले अवार्ड र सम्मान हात पार्न सफल भए । अवार्ड समारोह चलचित्र प्राविधिक संघले आयोजना गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप