शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पर्यटन श्रमिकहरुलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन माग

सोमबार, ०२ चैत २०७७, ११ : ५८
सोमबार, ०२ चैत २०७७

काठमाडौं । पर्यटन सम्बद्ध श्रमिक संघ संगठन ट्रेड युनियनहरूले पर्यटन श्रमिकहरुलाई कोभिड१९ विरुद्धको खोप माग गरेका छन् । कोभिड१९ पछि विस्तारै खुल्दै गएको पर्यटन बजारमा क्रमशः पर्यटन गतिविधि बढ्दै गएको र यसले श्रमिकहरुको समेत माग बढाएको भन्दै अझै कोभिड१९ को संक्रमणको जोखिम नरोकिएकाले प्राथमिकताका आधारमा पर्यटन श्रमिकहरुलाई खोप उपलब्ध गराउन ट्रेड युनियन फोरमले सरकारसँग माग गरेका हुन् ।

श्रम विभागमा दर्ता भई आधिकारिक रुपमा पर्यटन क्षेत्रमा क्रियाशिल श्रमिक ट्रेड युनियन नेपाल पर्यटन श्रमिक संघ, अखिल नेपाल पर्यटन मजदुर संघ, क्रान्तिकारी पर्यटन मजदुर संघ, नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ र समाजवादी पर्यटन मजदुर संघले संयुक्त रुपमा सरकारसँग यस्तो माग गरेका हुन् ।

सो अवसरमा संयुक्त ट्रेड युनियन फोरमले पर्यटन सिजन, वसन्त ऋतु समेत लागिसकेकाले विदेशी पर्यटकहरु नेपाल घुम्न आउन चाहने हुँदा सोको वातावरण समेत मिलाई दिन सरकारसँग माग गरेका छन् ।

हाल नेपालमा पद तथा पदयात्रा प्रदर्शक, पर्वतीय पथ प्रदर्शककुक, सहयोगी, पोर्टर (भरियाहरु) सहित करिब २० हजार पर्यटन श्रमिकहरु रहेको श्रमिक ट्रेड युनियनहरूले बताएका छन् ।

यता, पहिलो चरणमा भारतबाट १० लाख डोज खोप ल्याएको सरकारले प्राथमिकताका आधारमा हाल तेस्रो चरणमा ६० वर्षमाथिका जेष्ठ नागरिकहरुलाई खोप दिइरहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप