शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माउन्टेन गाइड लाइसेन्स सिफारिसमा नेपाल पर्वतारोहण संघ अन्योलमा

बुधबार, ०४ चैत २०७७, १५ : ३२
बुधबार, ०४ चैत २०७७

काठमाडौं । पर्वतीय पथ प्रदर्शक (माउन्टेन गाइड) को नयाँ लाइसेन्स सिफारिसमा समस्या देखिएको छ । दशकौंपछि हालैमात्र खुल्ला भएको माउन्टेन गाइडको सिफारिसमा  कुन योग्यतालाई सिफारिस गर्ने भन्नेमा नेपाल पर्वतारोहण संघ (एनएमए) अन्योल बनेको हो ।

गत मंगलबारदेखि पर्यटन बोर्डले नयाँ लाइसेन्सको आवेदन खुल्ला गरेपनि आज दोस्रो दिनसम्ममा एक जनाको पनि आवेदन परेको छैन । अर्थात् पर्वतारोहण संघले आवेदन खुलेको दोस्रो दिनसम्म पनि एक जनाको पनि लाइसेन्सका लागि सिफारिस गर्न सकेको छैन ।
आवेदकको योग्यता र अनुभवलाई लिएर संघ अन्योल बनेको अवस्थामा न्यूनतम योग्यता पुगेका जो कोही पर्वतारोहण व्यवसायीलाई अब लाइसेन्स प्रक्रियामा भाग लिन पाउने व्यवस्था गर्नुपर्ने पर्यटन व्यवसायी रामकाजी तिवारीले रातोपाटीसँग बताए ।
यस्तो व्यवस्थामा संघ मार्फत मात्र नभएर अब व्यक्तिगत रुपमा समेत लाइसेन्सका लागि आवेदन दिन पाउनु पर्ने तिवारीको भनाइ छ । 

हाल माउन्टेन लाइसेन्सका लागि नेपाल पर्वतारोहण संघ (एनएमए) मार्फत मात्र सिफारिस लिएर जानुपर्ने प्रावधान रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप