माउन्टेन गाइड लाइसेन्स सिफारिसमा नेपाल पर्वतारोहण संघ अन्योलमा
काठमाडौं । पर्वतीय पथ प्रदर्शक (माउन्टेन गाइड) को नयाँ लाइसेन्स सिफारिसमा समस्या देखिएको छ । दशकौंपछि हालैमात्र खुल्ला भएको माउन्टेन गाइडको सिफारिसमा कुन योग्यतालाई सिफारिस गर्ने भन्नेमा नेपाल पर्वतारोहण संघ (एनएमए) अन्योल बनेको हो ।
गत मंगलबारदेखि पर्यटन बोर्डले नयाँ लाइसेन्सको आवेदन खुल्ला गरेपनि आज दोस्रो दिनसम्ममा एक जनाको पनि आवेदन परेको छैन । अर्थात् पर्वतारोहण संघले आवेदन खुलेको दोस्रो दिनसम्म पनि एक जनाको पनि लाइसेन्सका लागि सिफारिस गर्न सकेको छैन ।
आवेदकको योग्यता र अनुभवलाई लिएर संघ अन्योल बनेको अवस्थामा न्यूनतम योग्यता पुगेका जो कोही पर्वतारोहण व्यवसायीलाई अब लाइसेन्स प्रक्रियामा भाग लिन पाउने व्यवस्था गर्नुपर्ने पर्यटन व्यवसायी रामकाजी तिवारीले रातोपाटीसँग बताए ।
यस्तो व्यवस्थामा संघ मार्फत मात्र नभएर अब व्यक्तिगत रुपमा समेत लाइसेन्सका लागि आवेदन दिन पाउनु पर्ने तिवारीको भनाइ छ ।
हाल माउन्टेन लाइसेन्सका लागि नेपाल पर्वतारोहण संघ (एनएमए) मार्फत मात्र सिफारिस लिएर जानुपर्ने प्रावधान रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिटिजन्स बैंक खुला टेनिस : राष्ट्रिय च्याम्पियन प्रदीप सेमिफाइनलमा
-
बलात्कार आरोपमा उदयपुरबाट एकजना पक्राउ
-
बिदाको दिन चलाइएका पाँच सरकारी सवारी साधन नियन्त्रणमा
-
सडक र टोलले सम्झिन्छ सहिद घिमिरेलाई
-
सूर्य नेपाल काठमाडौँ ओपनको पहिलो दिन भुवन नगरकोटी शीर्षस्थानमा
-
आप्रवासी कामदारका सम्बन्धमा २०२२ को विश्वकप अघिकै अवस्थामा फर्कियो कतार