बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पातलो कम्मर बनाउन के खाने ?

बिहीबार, ०५ चैत २०७७, ०९ : ३२
बिहीबार, ०५ चैत २०७७

पछिल्लो समयका युवापुस्ता मोटोपनको शिकारबाट चिन्तित छन् । बच्चादेखि युवा पुस्ता पनि मोटोपनको शिकार भएका छन् । दैनिक खानपान, स्वस्थकर खाना र व्यायाम जस्ता कुराले शरीरलाई फिट राख्छ । तर, यस्ता कुराहरुमा ध्यान दिएन भने मधुमेह, मोटोपन र विभिन्न प्रकारका स्वास्थ्यसम्बन्धी समस्या देखिन्छन् । 

विश्व स्वास्थ्य संगठनका अनुसार मोटोपनले १० अन्य रोगहरुको खतरा निम्त्याउँछ । यसले रगतमा चिनीको मात्रा बढाउँछ । यसले कोलेस्ट्रोल को मात्रा पनि बढाउँछ । यसको कारण धेरैको असमाहिक निधन पनि हुने गर्छ । 

मोटोपन नियन्त्रण गर्नका लागि सही खाना अत्यन्त आवश्यक छ । 

१. मुला
तौल कम गर्नका लागि मुला सबैभन्दा उपयोगी खाना हो । मुलाको सेवनले छिट्टो भोक लाग्ने समस्या हुँदैन । किनकी यसमा फाइबरको मात्रा धेरै हुन्छ । त्यसैले मुलालाई सलादको रुपमा प्रयोग गर्नुस् । 

२. मटर कोसा
तौल कम गर्नका लागि मटरकोसा सबैभन्दा उत्तम उपाय हो । यसको सेवनले कोलेस्ट्रोल  को शून्यमा झार्छ । भने यसमा फाइबरको मात्रा अत्यधिक मात्रामा बढी हुने भएकाले यसको सेवन उपयुक्त हुन्छ । मटरकोसा काँचै पनि खान सकिन्छ । यसको सुप, तरकारी  र नमकिनको रुपमा पनि खान सकिन्छ । 

३. पालुङ्गो
यो तौल कम गर्न मात्र होइन यसमा भारी मात्रामा पोषक तत्व पाइन्छ । यदि तपाईंको शरीरमा आइरनको कमि भएको छ भने पालुङ्गोको सेवन गर्ने गर्नुपर्छ । यसमा भरपुर मात्रामा फाइबर पनि हुन्छ । यसले फ्याट कम गर्छ । पालुङ्गो सलादको रुपमा र सुप बनाएर पनि खान सकिन्छ । 

४. गाजर
गाजरको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै यसमा भएको क्याराटिन र भिटामिन ए ले तौल कम गर्नुका साथै भोक पनि कम गर्छ । 

५.चुकन्दर 
चुकन्दरको सलाद धेरै खाँदा क्यालोरी कम हुनुका साथै शरीर फिट रहन पनि मद्दत गर्छ । यसमा फाइबर, भिटामिन र मिनरल पाइन्छ । यसले पनि मोटोपनबाट छुटकारा दिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप