शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतमा एकैदिन ३६,००० संक्रमित भेटिए, १०१ दिनको सबैभन्दा बढी आँकडा

बिहीबार, ०५ चैत २०७७, ११ : ०५
बिहीबार, ०५ चैत २०७७

भारतमा कोरोनाका नयाँ संक्रमितको आँकडा लगातार बढिरहेको छ । बुधबार ३५,८३८ मानिसहरु कोरोनाद्वारा संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा १७,७९३ बिरामी निको भए भने १७१ को मृत्यु भएको छ । यसका साथै उपचार गराइरहेका बिरामी अर्थात् एक्टिभ संक्रमितको आँकडा २ लाख ४९ हजार १ सय ९७ पुगेको छ । पछिल्लो २४ घण्टामा एक्टिभ संक्रमितमा १७,८६२ को वृद्धि भएको छ । नयाँ संक्रमितको आँकडा ५ डिसेम्बरपछि अर्थात् १०१ दिनमा सबैभन्दा धेरै हो । ५ डिसेम्बरमा ३६,०१० संक्रमित भेटिएका थिए ।

भारतमा हालसम्म कूल १ करोड १४ लाख ७४ हजार ३०२ जना यो महामारीको चपेटमा आइसकेका छन् । १ करोड १० लाख ६१ हजार १७० निको भएका छन् जबकी १ लाख ५९ हजार २५० मानिसहरुको मृत्यु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप