भारतमा यसवर्ष शुरु भएयता कै सबैभन्दा बढी कोरोना संक्रमण
एजेन्सी । भारतमा कोरोनाभाइरसबाट संक्रमित हुनेको सङ्ख्यामा फेरि बृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा करिब ३६ हजार जना संक्रमित भएका छन् । गत बुधबार एक दिनमा २८ हजार ९०२ जना सङ्क्रमितको सङ्ख्या बुधबार ३५ हजार ८७१ पुगेको छ । गत २४ घण्टाको कोरोना संक्रमितको यो संख्या यस वर्ष शुरु भए यताको नै सब भन्दा बढी हो ।
भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड १४ लाख ७४ हजार ६०५ पुगेको सो मन्त्रालयले जनाइएको छ । कुल सङ्क्रमितमध्ये दुई लाख ५२ हजार ३६४ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने कुल एक करोड १० लाख ६३ हजार २५ जना सङ्क्रमणमुक्त भएका छन् । गत २४ घण्टामा कोरोना संक्रमणबाट १७२ जनाको मृत्यु भएपछि यहाँ कुल मृतकको संख्या एक लाख ५९ हजार २१६ पुगेको बिहीबार जनाइएको छ ।
भारतमा जनवरीबाट कोरोना विरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म तीन करोड ७० लाख भन्दा बढीले खोप लगाइसकेका छन् । त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषदले जनाएको छ । परिषद्का अनुसार मङ्गलबारसम्म भारतमा २३ भन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । बुधबार एकै दिनमा १० लाख ६३ हजार भन्दा जनाको कोरोना परीक्षण गरिएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार