फ्रान्समा कोरोनाको ‘तेस्रो लहर’ : पेरिसमा एक महिनाको लकडाउन
फ्रान्समा कोरोनाभाइरसको तेस्रो लहरको कारण राजधानी पेरिसमा एक महिना लकडाउनको घोषणा गरिएको छ । पेरिसका साथै देशका १५ अन्य क्षेत्रमा शुक्रबार मध्यरातदेखि लकडाउन लागू गरिनेछ ।
फ्रान्सका प्रधानमन्त्री जीन केस्टेस्कले अहिलेको लकडाउन पहिलेको जस्तै कडा खालको नहुने बताएका छन् । फ्रान्समा पछिल्लो २४ घण्टामा ३५ हजार जना नयाँ संक्रमित फेला परेका छन् । प्रधानमन्त्रीका अनुसार देशमा कोरोनाभाइरसको तेस्रो लहर तीव्ररूपमा अघि बढिरहेको छ ।
स्वास्थ्यमन्त्री ओलिभर वेरनका अनुसार पेरिसमा स्थिति निकै खराब बन्दै गइरहेको छ । त्यहाँ १२ सयभन्दा बढी आईसीयूमा भर्ना भएका छन् । गत वर्षको नोभेम्बरमा योभन्दा आधा संख्यामा मात्र बिरामी भर्ना भएका थिए ।
नयाँ लकडाउनमा अत्यावश्यकबाहेकका काम बन्द गरिनेछ तर स्कूल भने खुला राखिनेछ । वैध कारण बाहेक मानिसहरुले देशका एक ठाउँबाट अर्को ठाउँसम्मको यात्रा गर्न पाउने छैनन् । यद्यपि, ६ माइलको दायरामा भने उनीहरु आवतजावत गर्न पाउनेछन् ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
-
अङ्ग्रेजसँगको युद्धमा मधेसका जनताले लडेको इतिहास झल्काउने 'स्मृति उद्यान' बजेट अभावमा अलपत्र
-
इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति
-
माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित
-
नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)
-
सुशासन समितिको बैठक बस्दै, फास्ट ट्र्याकका बारेमा छलफल हुने