मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

गीत गाएर आफ्नो आमालाई बोलाउने बाघ !

शुक्रबार, ०६ चैत २०७७, ०९ : २१
शुक्रबार, ०६ चैत २०७७

रुसको एक चिढियाघरमा आजकल एक बाघ आफ्नो सुरिलो स्वरका कारण प्रख्यात बनेको छ । विटास नामको यो बाघ आठ महिनाको छ । यो बाघ अमुर प्रजातिको हो । यो प्रजातीका बाघ सबैभन्दा ठूला, तेज र चलाख हुन्छन् । विटासलाई जब आफ्नी आमाको ध्यान खिच्नुपर्छ, तब ऊ गाउन सुरु गर्छ । विटासले चराले सुसेलेज जस्तै आवाज निकाल्छ । 

सर्बियाको बरनाल चिडियाखाना बस्ने विटासको आवाज कतिपयका नजरमा चराले सुसेलेजस्तो र कतिपयलका लागि बाँदरको हाँसोजस्तै छ । विटास यही आवाजका कारण सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।  

चिढियाखानाका कर्मचारीका अनुसार यस बाघका धेरै भाई–बहिनी छन् । त्यसकारण उनीहरुबाट आफ्नी आमाको ध्यान आफुतर्फ खिच्न यो बाघ चिच्याउने गर्छ । विटास त्यतिबेलासम्म चिच्याउँछ, जबसम्म आफ्ना सबै काम छाडेर आमा ऊ समक्ष आउदिँनन् । 

अमुर प्रजातीको बाघ संसारकै सबैभन्दा ठूलो बाघ हो, तर यो प्रजाती खतरामा छ । पूर्वी रुसमा यस प्रजातीका केवल ६ सय बाघ आफ्नो प्राकृतिक घरमा सुरक्षित छन् । सोभियत संघको विघटनपछि सिकारी बढ्दा उनीहरुको अस्तित्वमा संकट पैदा भएको हो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप