बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

जावा– पेराक आजबाट सबै शोरूममा उपलब्ध

शुक्रबार, ०६ चैत २०७७, २२ : ४९
शुक्रबार, ०६ चैत २०७७

एजेन्सी । क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटो इंक प्रालिले  आजबाट जावा मोटरसाइकलका सबै शोरूमहरूमा बीएस–सिक्स इन्जिनयुक्त जावा पेराक बजारीकरण आरम्भ गरेको छ । मोटरसाइकलका शोखिनहरू अब पहिलो फ्याक्ट्री निर्मित बब्बर पेराक बुक गर्न सक्नेछन् तथा अग्नि मोटो इंकको सबै शाखा र डिलर भएका स्थानमा टेस्ट राइडको लागि पहुँच प्राप्त गर्न सक्नेछन् । जसमा काठमाडौं, बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल र भैरहवा सम्मिलित छन् ।

जावा मोटरसाइकल नेपालमा २०७७ असोज २७ गते भव्य र नवसिर्जनशील भर्चुअल लन्चिङमार्फत प्रस्तुत गरिएको थियो । यसको डिजाइन र प्रदर्शनको कारण मोटरसाइकल शोखिनहरूको मन जित्न सक्षम भएको छ । अहिले अग्नि मोटो इंकले नेपालको बजारमा सबैभन्दा धेरै चर्चित र पर्खाइ रहेको जावा पेराक ल्याइ देशभर आफ्ना शाखा र डिलर भएको स्थानमा उपलब्ध गराएको छ ।

जावा पेराक बीएस–सिक्स ३३४ सीसी, सिंगल सिलिन्डर, लिक्विड–कुल्ड डीओएचसी इन्जिनसहित आएको छ, जुन ३०० एचपी पावर र ३१ एनएम टर्क उत्पन्न गर्न सक्षम छ । यो जावा र जावा फोर्टी–टु मोटरका तुलनामा ठूलो बोरका कारणले यो अधिक शक्तिशाली देखिन्छ, । यो इन्जिन सिक्स स्पिड ट्रान्समिसनसँग जोडिएको छ ।

स्टाइलअनुसार पेराक बबर बाइक हो । यो मोटरसाइकल ट्वीटेड चेसिस चेसिस र स्विङ आर्मसहितको कम र लामो आकर्षक आकारको छ । बबर सौंदर्यशास्त्रलाई ध्यानमा राखेर जावा पेराकसँग फ्लोटिङ सिंगल सीट छ, जसको मुनि गोलो ब्रेकलाइट छ । यसबाहेक, पेराकमा बार–एन्ड मिरर, काटिएकोफेन्र्डर्स र काटिएकोनिकासा पाइप (चप्ड फेन्र्डर्स र चप्ड पाइप) तथा र त्रिकोणीय उपकरण बक्स समावेश गरिएको छ ।

पेराकको अगाडिपट्टि सस्पेन्सनका लागि टेलिस्कोपिक फ्रन्ट फोक्र्स रहेको छ भने पछाडि मोनोशक सस्पेन्सन  छ । दुवैपाङ्ग्राहरूमा सिंगल डिस्क ब्रेक रहेको छ । जावा पेराकमा डुअल च्यानल एबीएस पनि पाइन्छ ।
जावा पेराकको सुरुवाती मूल्य रु ७,५०,००० / रहेको छ । हामी पेराक अनलाइन पनि आधिकारिक वेबसाइट Jawamotorcyclesnepal मा बुक गर्न सक्छौं ।

बजारीकरण शुभारम्भ कार्यक्रममा जावा मोटरसाइकल, नेपालका महाप्रबन्धक शरद मिश्रले भने, ‘सम्पूर्ण नयाँ पेराक मोटरसाइकलहरू यस पूर्ववर्ती मोडेलहरू–जावा र जवा फोर्टी टु–भन्दा बिल्कुलै फरक देखिन्छ र यो विभिन्न कारणले मोटरसाइकल ध्यानाकर्षण गराउन सक्ने हुनसक्नेछ भन्नेमा हामी निश्चित छौं ।

सहर र राजमार्गहरुमा हाँक्नको लागि बाइक निकै रोमाञ्चक छ । ती व्यक्तिहरूका लागि जो भीडबाट बाहिर निस्कनुभन्दा बढी केही चाहँदैनन् र आफ्नो मोटरसाइकललाई अनुकूलित गर्न ठूलो पैसा खर्च गर्ने विचार गर्दै छन्, उनीहरूका लागि, पेराक एक रोचक विकल्पको रुपमा अगाडि आउँदछ । पेराक नेपाली बजारमा सफल हुनेछ, विशेष गरी युवाहरू र मोटरसाइकल प्रेमीहरू माझ सफल हुनेमा हामी विश्वस्त छौं ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप