बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दीपक दीपाले ल्याए होली गीत ‘धनियाँ के होली’

आइतबार, ०८ चैत २०७७, १२ : ०५
आइतबार, ०८ चैत २०७७

काठमाडौँं । फागु पूर्णिमा नजिकिदै गर्दा होली गीत बजारमा आउँने क्रम बढ्न थालेका छन् । यस्तै, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले पनि होली गीत ‘धनियाँ के होली’ सार्वजनिक गरेकी छन् ।

गीतमा दीपालाई र सुमित खड्काले स्वरमा साथ दिएका छन् । निरज श्रेष्ठको संगीत रहेको गीतमा दीप नारायण राजवंशीको शब्द छ ।
दीपकराज गिरी, दीपाश्री निरौला, केदार प्रसाद घिमिरे, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, रवि डंगोल, अनुराग कुँवर, सुमन गिरीलगायतको अभिनय रहेको भिडियो दीपाश्रीले नै निर्देशन गरेकी हुन् ।

 

भिडियोमा हरि हुमागाँइको छायाँकन, विपिन मल्लको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । गीतलाई दर्शकले रुचाउने दीपाले बताएकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप