बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘लिभनिङ’को उत्कृष्ट इलेक्ट्रिक स्कुटर बजारमा, १५ रुपैयाँमा अधिकतम ८० किलोमिटर गुड्ने

आइतबार, ०८ चैत २०७७, १३ : ५५
आइतबार, ०८ चैत २०७७

काठमाडौं । युरोपियन बजारमा निकै उत्कृष्ट मानिएको लिभनिङ इलेक्ट्रिक स्कुटर नेपाली बजारमा आएको छ । लिभनिङका लागि नेपालको आधिकारिक वितरक जम्बो ईको भेहिकलले उक्त इलेक्ट्रिक स्कुटर बजारमा भित्र्याएको हो । 
आइतबार एक समारोहका बीच कम्पनीले औपचारिक रुपमा स्कुटर सार्वजनिकको घोषणा गरेको छ । पहिलो पटक इलेक्ट्रिक स्कुटर बजारमा ल्याएको कम्पनीले लिभनिङ इलेक्ट्रिक स्कुटरहरु मध्यकै उत्कृष्ट भएको दाबी गरेको छ ।
स्कुटर सार्वजनिक गर्दै जम्बो ईको भेहिकलका प्रोपाइटर नारायण गौतमले विश्वकै नविन र उच्च टेक्नोलोजिमा निर्मित अधिकतम १२ सय वाटको सामसुङ लिथिलियम ब्याट्रीको प्रयोग भएको बताए । उक्त ब्याट्रीले एक पटकको फुल चार्जमा अधिकतम ८० किलोमिटर स्कुटर गुडाउन सकिने गौतमको भनाइ छ । 

एक पटकको फुल चार्ज हुन अधिकतम १.५ युनिट विद्युत खपत हुने र विद्युत खपतका हिसाबले करिब १५ रुपैयाँ मात्र खर्च हुने कम्पनीको भनाई छ । अर्थात् १५ रुपैयाँमा अधिकतम ८० किलोमिटर स्कुटर गुड्न सक्छ ।
यसको अतिरिक्त स्कुटरमा मोबाइल चार्जिङ्ग, ब्ल्युटुथ कनेक्टिभिटी, अडियो सिस्टम र सेन्सर लगायतका आवश्यक फिचर्स समेत उपलब्ध गराइएको कम्पनीले बताएको छ । 


 

लिभनिङ ब्राण्डमा एक्स१ र एस५ र जम्बो ब्राण्डमा डी०६ र एम२० चार वटा मोडल एकैपटक सार्वजनिक गरेको कम्पनीले एक्स१ मा २ हजार २०, एस५ मा ३ हजार, डी०६ मा २ हजार र एम२० मा एक हजार ५ सय वाटको मोटर चडान गरिएको कम्पनीले जनाएको छ ।

जसको बजार मूल्य एक्स१ को २ लाख ६० हजार, एस५ को २ लाख ९९ हजार ९ सय ९९, डी०६ को २ लाख ३५ हजार र एम२० को एक लाख ८५ हजार तोकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप