शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मेराकी होलिस्टिक वेलनेस रिट्रिटको प्रि–लन्च

आइतबार, ०८ चैत २०७७, १४ : ०४
आइतबार, ०८ चैत २०७७

मेराकी होलिस्टिक वेलनेस रिट्रट नेपालमा प्रिमियम र स्टेट–अफ–द–आर्ट वेलनेस थेरापी तथा आकर्षक आवासीय सेवा प्रदान गर्ने होलिस्टिक हिलिङ रिट्रिट हो । यहाँ तपाईंलाई आफ्नो मन, शरीर, र आत्मालाई पुनप्र्राप्ति गर्न प्राकृतिक चिकित्सा माध्यमबाट सर्टिफाइड विशेषज्ञहरुले होलिस्टिक वेलनेस, प्राणिक हिलिङ, योगा, लगायत अन्य थेरापीहरुद्वारा मार्गदर्शन गर्नुहुनेछ । यही २० मार्च, २०२१ का दिन मेराकी, होलिस्टिक वेलनेस रिट्रटको प्राँगणमा प्रि–लन्च कार्यक्रम आयोजना गरिएको छ । शिवपुरी डाँडा र बुढानिलकण्ठमा सुन्दर तथा निर्मल वातावरणमा अवस्थित मेराकी तपाईंको आवश्यकता पूरा गर्न विभिन्न थेरापीहरुका साथै शुद्ध खानाहरुले तपाईंको जीवनशैलीमा परिवर्तन ल्याउन तयार रहेको छ ।

मेराकी, होलिस्टिक वेलनेस रिट्रटको प्रि–लन्चमा दुईवटा वर्कशपहरु हुँदैछन्  – प्राणिक हिलिङ र होलिस्टिक वेलबिइङ एण्ड वेलनेस । तपाईंले आफ्नो शरीरको बारेमा थप जानकार हुँदै आध्यात्मिक, मानसिक र शारीरिक कमजोरीहरु सम्बन्धित विषेश तालिम पाउनुहुनेछ । साथै, प्राकृतिक चिकित्सीय प्रणालीबाट नेपालको पहिलो र एकमात्र विलासी वेलनेस रिट्रिट गन्तव्यमा तपाईंले पूर्ण स्वास्थ्यलाभको फाइदा उठाउन सक्नुहुनेछ । यहाँ तपाईंले नेपाल सरकार र विश्व स्वास्थ संगठनको सुरक्षा मापदण्डभन्दा अझ बढी सुरक्षित नीतिहरु अपनाएको अनुभव गर्न सक्नुहुनेछ ।

मेराकीमा रहेका सुइटहरु, निजी लाउन्ज र रेष्टुरेण्टले तपाईंलाई तनाव रहित वातावरणमा प्रकृतिको नजिक रही पूर्ण आराम दिलाउन विशिष्ट सेवा दिन कर्मचारीहरु सधैं तत्पर रहन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप