शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतमा कोरोनाः मध्यप्रदेशका तीन शहरमा आजदेखि लकडाउन

आइतबार, ०८ चैत २०७७, १४ : १६
आइतबार, ०८ चैत २०७७

कोरोनाभाइरसको दोस्रो लहरबीच मध्यप्रदेशका तीन शहर भोपाल, इन्दौर र जबलपुरमा पहिलो लकडाउन सुरु भएको छ । आइतबार अस्पताल र मेडिकल छाडेर सबै पसल बन्द गरिएको छ । बिहानमात्र दुध आपूर्ति गर्ने सवारीलाई छुट दिइएको थियो । प्रहरी सडकमा तैनाथ रहेका छन् भने ठाउँ–ठाउँमा ब्यारिकेड लगाइएको छ ।

बिहान ९ बजेसम्म मानिसहरुको आवतजावत नरोकिएपछि प्रहरी कडाइ सुरु गरेको थियो । सोधपुछपछि अनुमति प्राप्तहरुलाई मात्र जान दिइएको थियो । विमानस्थल र रेलवे जानेहरुले दुई गुणा बढी भाडा तिर्नुपरेको थियो । इन्दौरको रियल चोकमा काम बिना सडकमा निस्कनेहरूलाई प्रहरीले पिटिरहेको तस्विरहरू सार्वजनिक भएका छन् ।

यता, भोपालमा शनिबार रातिदेखि नै लकडाउन सुरु भएको थियो । आइतबार त्यहाँ पनि अस्पताल र मेडिकलबाहेक सबै पसल बन्द रहेका थिए । लकडाउनका दौरान धारा १८८ लागू गरिएको छ । अर्थात् बिना कारण घरबाट निस्कनेलाई पक्राउ गर्ने अनुमति दिइएको छ ।

जबलपुरमा लकडाउनमा कडाइ गर्दै ३४ वटा चेकप्वाइन्ट स्थापना गरिएको छ । सडकमा १५ सयभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

स्रोतः दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप