बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

समितिका सभापति र सभामुख सापकोटाबीच छलफल

आइतबार, ०८ चैत २०७७, १९ : ०४
आइतबार, ०८ चैत २०७७

काठमाडौं । संघीय संसदका विभिन्न समितिका सभापति र प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाबीच समितिको काम कारबाहीको विषयमा छलफल भएको छ । आइतबार संघीय संसदका विभिन्न समितिका सभापतिहरूले सभामुख सापकोटासँग भेटेर समितिले गरिरहेका काम कारबाहीको विषयमा छलफल गरेका हुन् । गएको साउन ५ गते पछि  समिति सभापति र सभामुखबीच छलफल भएको थिएन । यस छलफललाई समिति सभापतिहरूले नियमित छलफलको रुपमा भएको बताएका छन् ।

बैठकपछि बोल्दै राज्यव्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले समितिमा रहेका विधेयकको अवस्था र समितिले गरिरहेका काम कारबाहीको बारेमा सभामुखसँग छलफल भएको उनले बताइन् । उनले भनिन्– ‘समितिलाई प्रभावकारी बनाउनु भनेको संसदलाई प्रभावकारी बनाउनु नै हो । र शक्ति पृथकीकरणको सिद्धान्तअनुसार यसलाई कामयावी कसरी बनाउने ? परिणाममुखी कसरी बनाउने, जनमुखी कसरी बनाउने र सिंगो संसदलाई नै प्रभावकारी ढंगबाट कसरी अगाडी बढाउने ? हाम्रो काम मुख्यतया कानुन निर्माण गर्ने कुराहरु भएकाले कानुन निर्माणमा प्रभावकारी हिसाबबाट कसरी जाने ? सम्बन्धित सरोकारवालासँग पनि बहस गरेर जाँदाखेरी त्यसका त्रुटिहरु कमी हुन्छ । कानुनको जनताले स्वामित्व ग्रहण गर्ने जनताले मेरो लागि बनेको हो भन्ने खालको कुराहरु पनि हुन्छ भन्ने सम्बन्धमा व्यापक रुपमा छलफल भयो । र हामीले दिनुपर्ने सुझाव, काम गर्ने शिलशिलामा भोगेका जुन अप्ठ्याराहरूलाई पनि सुधार गरेर कसरी जाने भन्ने कुराहरु भए ।’

सभामुख सापकोटाले सभापतिहरूको राखेका कुराहरुलाई गम्भिरतापूर्वक लिएको बताउनुभएको सभापति श्रेष्ठले जानकारी दिइन् । विगतमा प्रतिनिधिसभाका समितिहरुले एकै विषयमा फरक फरक निर्देशन दिने र अर्को समितिमा विचाराधीन अवस्थामा रहेको विषयमा समेत छलफल चलाएको गुनासो बढेपछि सभामुखले हस्तक्षेप गर्नुपरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप