शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिड्नीमा नेपालबारे वतृत्वकला प्रतियोगिता

मङ्गलबार, १० चैत २०७७, ०९ : ४९
मङ्गलबार, १० चैत २०७७


सिड्नी । स्टुडेण्ट भाइस अष्ट्रेलियाको प्रस्तुति रहेको ‘अब म पनि बोल्छु’ शीर्षकको वतृत्वकला प्रतियोगितामा​ रोशन कादरिया प्रथम भएका छन् । सिड्नीको ग्रायनभिलमा आयोजित प्रतियोगितामा अनिता पौडेल दोस्रो र भुवन तिमल्सिना तेस्रो भए । अष्ट्रेलियामा सिकेको सीप र ज्ञानलाई नेपाल भित्र्याउन युवाहरूको भूमिका बिषय प्रतियोगिताले मूल थिम बनाइएको थियो ।

प्रतियोगितामा प्रथम हुनेले ७ सय अष्ट्रेलियन डलर, प्रमाण पत्र, ट्रफी, मेडल, २५० डलर बराबरको हेयर एण्ड ब्युटी भौचरलगायत उपहार प्राप्त गरे । यसैगरि दोस्रो र तेस्रो हुनेले पनि नगद सहित विभिन्न उपहार पुरस्कारको रुपमा प्राप्त गरेका छन् ।

आचार्य राजन शर्मा, भीमसेन सापकोटा, साउदन ऐकेडेमीका सिइओ मन केसी, सिड्नी सिटी कलेज अफ म्यानेज्मेण्टकी प्रिन्सिपल रन्जु वाग्ले थापा, विनोद पौडेल र ओपेरा ऐकेडेमीकी बोर्ड मेम्बर अनु रेग्मी निर्णायक रहेको प्रतियोगितामा भर्चुअल अडिसनबाट छनौट भएका १२ प्रतियोगीको सहभागिता रहेको थियो ।

मदन कोइराला र बद्री बरूवाल कार्यक्रमको संयोजक रहेको प्रतियोगितामा गैह्र आवासीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष देवबहादुर गुरुङ, नन्द गुरुङ, भूपाल सिटौला, बाबा एजुकेसन कन्सल्टेन्सी र आर के एस अष्ट्रेलियाका सीईओ रवीन्द्रकुमार शर्मा लगायतका व्यक्तित्वहरूको उपस्थिति प्रतियोगितामा रहेको थियो ।

युवापुस्तालाई जागरुक गराउन प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक मदन कोइरालाले बताए ।

आयोजकले केही पहिले रेखा मेमोरियल ट्रष्टको सहकार्यमा म्याग्दी बहुमुखी क्याम्पसमा कक्षा ११ अध्ययनरत १८ वर्षीय कोपिला पुनलाई ५० हजार नगद सहयोग गरेको थियो । लामो समयदेखि दीर्घ रोगबाट पीडित पुनले उक्त सहयोग रकम अध्ययनमा खर्च गर्ने छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप