शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कंगनालाई डाक्टर बनाउन चाहन्थे उनका पिता, नायिका बन्नका लागि घरबाट भागेकी छोरीसँग वर्षौंसम्म कुरा गरेनन्

मङ्गलबार, १० चैत २०७७, ११ : १६
मङ्गलबार, १० चैत २०७७

बलिउड नायिका कंगना रनौत ३४ वर्ष पुगेकी छिन् । २३ मार्च, सन् १९८७ मा हिमाचल प्रदेशमा जन्मेकी कंगना आफ्नो विवादास्पद बयान, अभिनय कला र व्यक्तिगत जीवनका कारण सधैं चर्चामा रहन्छिन् । हुन त कंगनाको फिल्मी करियरसँग जोडिएका कुरा धेरैलाई थाहा छ । तर केही यस्ता तथ्य पनि छन् जुन सायद धेरैलाई थाहा छैन होला । आउनुहोस्, यसबारे जानकारी लिऔं ।

पिता वर्षौंसम्म बोलेनन्ः

कंगनाका पिता अमरदीप रनौत व्यावसायिक रुपमा व्यापारी हुन् । उनी छोरीलाई डाक्टर बनाउन चाहन्थे । उनले मेडिकलको पढाईका लागि कंगनालाई चन्डीगढको डीएवी स्कूलमा भर्ना पनि गराएका थिए । डिएवी स्कूलमा कंगनालाई मेडिकलको किताबमा बिल्कुल रुची थिएन । उनलाई र्याम्पमा हिँड्न नै मनपर्दथ्यो । स्कूलमा फेयरवेल होस् वा फ्रेशर, कंगना बिना कुनै पनि कार्यक्रम अधुरा हुन्थे ।

डिएवी स्कूलकी प्रधानाध्यापक डाक्टर रोकश सचदेवा भन्छन्, ‘कंगना त्यतिबेला देखि नै मोडलिङमा रुची राख्थिन् । स्कूलमा फ्रेशर्स नाइट वा फेयरवेल, कंगनाले मोडलिङ गर्ने गर्थिन् । कंगनालाई मोडलिङ यति मनपर्दथ्यो कि उनले स्कूल छोडिदिइन् र होस्टलबाट पिजीमा सिफ्ट भइन् ।’

पिता अमरदीपलाई जब यसको जानकारी भयो तब उनले कंगनालाई कुटेका पनि थिए । रिपोर्टका अनुसार कंगनाबाट घरबाट भाग्ने र फिल्ममा काम गरेका कारण कंगनाका पिताले उनीसँग वर्षौंसम्म कुरा गरेका थिएनन् ।

हजुरबुवा रिसाएका थिएः

कंगनाले एकपटक आफ्नो अन्तरवार्तामा भनेकी थिइन्, ‘जब मैले अभिनयमा आफ्नो करियर बनाउने कुरा पितालाई भनेकी थिएँ तब उहाँ असाध्यै रिसाउनु भएको थियो । यहाँसम्म कि उहाँले घरबाट निस्किएर जान पनि भन्नुभएको थियो । म अभिनयमा नै आफ्नो करियर बनाउन चाहन्थेँ त्यसैले कुनै पैसा नलिइकनै घरबाट बाहिर निस्किएँ । जब मेरो पहिलो फिल्म ‘ग्याङ्गस्टर’ मेरा हजुरबुवाले हेर्नुभयो तब उहाँ असाध्यै रिसाउनु भएको थियो र मेरो नामबाट थरसमेत हटाउन भन्नुभएको थियो । मैले फिल्ममा किसिङ सिन दिएको थिएँ, त्यसैले रिसाउनुभएको थियो । ’

थिएटरमा गरिन् कामः

कंगनाले आफ्नो अभिनयको करियरको सुरुवात दिल्लीमा अस्मिता थिएटर ग्रुपसँग गरेकी थिइन् । उनले चर्चित रंगमञ्च निर्देशक अरविन्द गौडबाट अभिनयको तालिम पनि लिएकी छिन् । उनले अरविन्दको थिएटर कार्यशाला इन्डिया ह्याबिटेट सेन्टरमा भाग लिइन् र थुप्रै नाटकमा पनि काम गरिन् । उनको पहिलो नाट गिरिश कर्नाड ‘रक्त कल्याण’ थियो । बलिउडमा उनलाई महेश भट्टले मौका दिएका थिए ।

उनले फिल्म ग्याङ्गस्टरबाट आफ्नो फिल्मी करियरको सुरुवात गरेकी थिइने् । यो फिल्मका लागि उनले बेस्ट डेब्यस् नायिकाको फिल्मफेयर अवार्ड पनि पाएकी थिइन् । यो फिल्मको सफलतापछि उनलाई बलिउडमा मीना कुमारी जस्तै ट्रेजडी क्विन भन्न थालिएको थियो । यसबाहेक उनले फेशन, वो लम्हे, लाइफ इन ए मेट्रो, वन्स अपन ए टाइम इन मुम्बई, रिवल्वर रानीजस्ता सुपरहिट फिल्म दिएकी छिन् ।

कफी सपमा परेको थियो अनुराग बसुको नजरः

कंगनाले आफ्नो बलिउड करियरको सुरुवात निर्देशक अनुराग बसुको फिल्म ग्याङ्गस्टरबाट गरेकी थिइन् । अनुरागले कंगनालाई सबैभन्दा पहिला एउटा कफी शपमा देखेको र फिल्मका लागि साइन गराएको बताइन्छ ।

कंगनालाई असाध्यै मन पर्छ दिदीः

कंगनाका पिता अमरदीप रनोट व्यापारी हुन् र उनकी आमा आशा रनोट स्कूलमा शिक्षिका हुन् । उनकी दिदी रंगोली उनलाई असाध्यै मनपर्छ । रंगोली कंगनाकी म्यानेजर हुन् । एसिड आक्रमणजस्ता पीडादायी दुर्घटनाबाट गुज्रिएपछि पनि जीवनदलाई नयाँ ढङ्गले चलाएकी रंगोलीको जीवनमा कंगनाले बायोपिक बनाउन चाहेको पनि बताइसकेकी छिन् । उनका एक भाइ छन् । उनको नाम अक्षत हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप