शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिंगटीको आईपीओ भर्ने आज अन्तिम दिन

मङ्गलबार, १० चैत २०७७, ११ : २८
मङ्गलबार, १० चैत २०७७

सिंगटी हाइड्रो इनर्र्जीको आइपीओमा आवेदन दिने आज (मंगलबार १०)   अन्तिम दिन हो । सिंगटीले चैत ६ गतेबाट सय  रुपैयाँ दरको कुल २९ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । यसमध्ये ५८ हजार कित्ता कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी २६ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

सोमबार साँझसम्म यसको आइपिओमा ७ गुणा बढी आवेदन परिसकेको छ । यसको बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार सोमबारसम्म १२ लाख २२ हजार ८ सय ३२ जनाले १ करोड ८८ लाख ७२ हजार ९ सय कित्ताका लागि आवेदन परेको छ । सर्वसाधारणलाई मात्र खुला गरिएको सेयरलाई आधार मानेर हेर्ने हो भने ७ गुणा बढी आवेदन परेको हो ।  ​
सिंगटी हाइड्रोको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप