शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

साल्ट ट्रेडिङ​को सेयर मूल्य उकालो लाग्यो, चन्द्रागिरिको वृद्धि यात्रा रोकिएन

मङ्गलबार, १० चैत २०७७, १६ : २५
मङ्गलबार, १० चैत २०७७

मङ्गलबार सेयर बजार १४.५७ अङ्कले वृद्धि भएको छ । ०.५८ प्रतिशतले बढेको बजारमा ५ अर्ब १४ करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ  । यस दिन ट्रेडिङ, होटल तथा पर्यटन, जलविद्युत, निर्जीवन बीमा कम्पनी, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहमा वृद्धि भएको छ भने बैंकिङ समूह, विकास बैङ्क समुह, फाइनान्स, उत्पादन तथा प्रशोधन, अन्य र जीवन बीमा समूहतर्फ भने गिरावट आएको छ ।

आजको बजारमा साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्य उचालिएको छ । यसको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिसेयर ११ हजार ५ सय ५० रुपैयाँ पुगेको छ । यसको बजार पुँजीकरण अहिले २२ अर्ब १७ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।

यता निरन्तर बढिरहेको चन्द्रागिरिको सेयर मूल्यको वृद्धि यात्रा रोकिएको छैन । यसको सेयर मूल्य मङ्गलबार ९.९८ प्रतिशतले बढेको छ । यसको प्रतिसेयर मूल्य १ हजार सात सय १९ रुपैयाँ रहेको छ ।

कारोबार रकमको आधारमा भने नेपाल इन्फ्रास्टक्चर बैङ्क अगाडी छ । यसको आज ५२ करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप