पत्रकार महासंघ युरोप शाखाको निर्वाचन मार्च २६ मा हुने
पोल्याण्ड । नेपाल पत्रकार महासंघ युरोप शाखाको नयाँ कार्यसमितिको निर्वाचन मार्च २६ शुक्रबार हुने भएको छ ।
निर्वाचन समिति,केन्द्रीय प्रतिनिधि तथा कार्यसमितिको आज बसेको बैठकले मार्च २६ शुक्रबार युरोप समय दिनको ४ बजे निर्वाचन शुरु गर्ने निर्णय भएको निर्वाचन समितिका सदस्य सचिव डाक्टर उदयदेव आचार्यले बताए।
फ्रेबुअरी २० मा शाखाको चौथो अधिवेशन सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। शाखाको नयाँ कार्यसमिति निर्माणका लागि निर्वाचन समिति संयोजक राजेश चाम्लिङ, सदस्य सचिव डा. उदयदेव आचार्य र सदस्य किशोर सुब्बालाई तोकिएको छ भने केन्द्रीय प्रतिनिधि चिरन शर्मा रहेका छन्।
निर्वाचन प्रकृयामा मतदान गर्न भर्चुअल रुपमा गाह्रो भएका कारण सर्वसहमतिमा नयाँ कार्यसमिति ल्याउन उम्मेदवारहरूलाई केन्द्रीय प्रतिनिधि शर्माले अनुरोध गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भृकुटीमण्डपमा हर्टिकल्चर एक्स्पो सुरु, तस्बिरमा हेर्नुहोस्
-
सुन तस्कर र कर्मचारीबिच कनेक्सनको गहिराइबारे अध्ययन गर्दै सहसचिव नेतृत्वको समिति
-
गृह जिल्लामै ओलीको निर्देशन पालना भएन, सहमतिको नाममा निर्वाचन कार्यतालिका सारियो
-
सहसचिव शर्माको नेतृत्वमा बजेटको मस्यौदा लेखन समिति गठन
-
द्रुतमार्गको सट्टाभर्ना बापत सेनाले वृक्षरोपण गरेको जग्गामा व्यक्तिको दाबी
-
रोमाञ्चक खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो