शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पृथ्वीबारे नयाँ रहस्य : हिउँको खाल्डोमा भेटियो अहिलेकोभन्दा फरक पृथ्वीको अवस्था

बुधबार, ११ चैत २०७७, १६ : १८
बुधबार, ११ चैत २०७७

करोडौँ वर्षदेखि हिउँले पुरिएको ग्रिनल्यान्डमा एउटा विशेष प्रयोजनले लगभग १५, १६ सय मिटर गहिरो खाल्डो खनिएको  थियो । त्यो खाल्डो खन्ने क्रममा  दिमाग रन्थन्याउने सामग्री प्राप्त भएका छन् । खाल्डोको गहिरो स्थानबाट वैज्ञानिकलाई जीवाश्मका रुपमा परिणत भएको रुख बिरुवाका हाँगा, पात  प्राप्त भएका  छन्  ।

झण्डै ५५ वर्षअघि परमाणु बम लुकाउने उद्देश्यले ग्रिन ल्यान्डको हिउँमा यो खाल्डो खनिएको थियो । खाल्डोबाट प्राप्त  जीवाश्मको अध्ययनबाट वैज्ञानिकहरुलाई करोडौँ वर्ष पहिले यो स्थान हिउँले ढाकिएको नभएर सुक्खा थियो भन्ने अनुमान लाउने सहज भएको छ ।

युनिभर्सिटी अफ वेरमोन्टका वैज्ञानिकले यस खोज अनुसन्धानलाई विस्मयकारीको संज्ञा दिएका छन् ।  ग्रिनल्यान्ड करोडौँ वर्षदेखि हिउँमा ढाकिएको भए पनि यहाँ प्राप्त भएका जीवाश्म हेर्दा यी  हिजो अस्ति मात्रै  हिउँमा दबिएर मरेका जस्ता देखिन्छन् ।

आइसकोरको यो खाल्डो खन्ने काम अमेरिकी सेनाले सन् १९६६ मा गोप्य रुपले गर्न लाएको थियो । यो प्रोजेक्टलाई त्यसबेला प्रोजेक्ट आइसवर्म नाम दिइएको थियो । यो खाडल खन्नुको उद्देश्य भने सोभियत सङ्घबाट जोगाएर यहाँ सयौँ परमाणु बम लुकाएर राख्नु थियो ।

यी जीवाश्म फेलापरेपछि के स्पष्ट हुन आयो  भने पृथ्वीको यो उत्तरी भूभागमा कुनै समय जङ्गल नै जङ्गल रहेको थियो  । साथै यस खोजबाट वैज्ञानिकहरुलाई 'आइस सिट' बन्ने प्रक्रिया उनीहरुले सोचेको जलवायु परिवर्तनसम्बन्धी धारणाभन्दा अझै व्यापक गहिरो र संवेदनशील छ भन्ने थाहा हुन आयो ।  यस अनुसन्धानपछि शोधकर्ताले ग्रिनल्यान्डको हिउँ पग्लियो भने संसारका धेरै सामुद्रिक तटमा रहेका सहर डुब्नेछन् भनेर चेतावनीसमेत दिएका छन् ।

ग्रिनल्यान्डको हिउँ पग्लिए भने अहिले भएको समुद्रको स्तर बीस फिटभन्दा धेरै बढ्नेछ । यसबाट न्युयोर्क, मायामी, ढाका जस्ता ठूला सहरहरु डुब्नेछन् । यस खोजबाट वैज्ञानिकहरु यो हिउँ कहिलेसम्म पग्लन सक्छ भनेर पत्ता लगाउन सक्ने अवस्थामा पनि पुगेका छन् । 

स्रोत : https://www.cnet.com/

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी विज्ञान डेस्क
रातोपाटी विज्ञान डेस्क
लेखकबाट थप