बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

आजको राशिफल : कुन राशिका लागि आजको दिन शुभ ?

बिहीबार, १२ चैत २०७७, ०५ : ५४
बिहीबार, १२ चैत २०७७

वि.सं.२०७७ साल चैत्र १२ गते । बिहीबार । ईश्वी सन् २०२१ मार्च २५ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । फाल्गुन शुक्लपक्ष । तिथि– एकादशी,०० घडी ०६ पला,बिहान ०६ बजेर ०७ मिनेट उप्रान्त द्वादशी । नक्षत्र– अश्लेषा,३४ घडी ४५ पला,बेलुकी ०७ बजेर ५९ मिनेट उप्रान्त मघा । योग–सुकर्मा,०२ घडी ५० पला,बिहान ०७ बजेर १३ मिनेट उप्रान्त धृति । करण– भद्रा,बिहान ०६ बजेर ०७ मिनेट उप्रान्त बव,बेलुकी ०५ बजेर ५२ मिनेट उप्रान्त बालव । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–कर्कट,बेलुकी ०७ बजेर ५९ मिनेट उप्रान्त सिंह । 

काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १६ मिनेट । दिनमान ३० घडी ३१ पला । आमलकी एकादशी व्रत । गोविन्दद्वादशी ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) घरजग्गा तथा सवारी साधनको व्यापार व्यावसायबाट सन्तोषजनक नाँफा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछाडी परेको भान हुनेछ । छाती सम्वन्धी समस्याले नसताउला भन्न सकिन्न । आमा तथा आमा सरहका मानिससँग विवाद हुनेछ । प्रेम प्रशङमा रमाउने चाहने हरुका लागी समय मध्ययम रहेकोछ । तरपनि कृषि तथा पशुपालन व्यावसाय भने फस्टाएर जानेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) छोटो तथा रमाईलो यात्रा हुने भएपनि गन्तव्यमा पुग्नुभन्दा पहिला नै बिभिन्न वाधा तथा अवरोधहरूको सामना गर्नुपर्नेछ । व्यापार व्यावसायबाट खासै आम्दानी हुने छैन भने लगानी गर्नको लागी केही समय पर्खनु नै राम्रो हुनेछ । अध्ययनमा मन नजाने हुँदा अरु भन्दा पछी परिनेछ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ भने जीवन साथीसँग असमझदारी बढ्नाले दैनिक कामहरु प्रभावित हुनेछन् । न्यायिक निर्णयहरु तपार्ईँको पक्षमा नआउने हुनाले यस्ता क्रियाकलापमा सामेल नहुनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) साथीभाई तथा आफन्तसँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा पहिले गरेका लगानीबाट मनग्गे भन लाभ हुने योग रहेकोछ । दमदार बोलिको प्रभावले नसोचेको कामहरु हुने तथा सबैले तपार्ईँको तारिफ गर्नेछन् । न्यून श्रमबाट मनग्गे आम्दानी गर्न सकिने समय रहेकोछ । पढाइ लेखाइमा राम्रो प्रगती गर्न सकिने समय रहेकोछ । प्रेममा सफलता प्राप्त हुने तथा नयाँ योजनाका साथ अगाडी बढ्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) प्रतिष्ठित काम गर्ने अवसर आउनेछ भने विशिष्ट व्यक्तिहरु नजिकिने छन् । कन्फिडेन्स पावर बढ्ने हुँदा उपलव्धी मुलक कामहरु बन्नेछन् । राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउने समय रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा आम्दानीका स्रोतहरु फराकिला हुनेछन्  । सुन्दर तथा विलासी सामानको प्रयोग मार्फत अरुको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थ्यमा गडबड आई दैनिक कामकाज बिग्रने खतरा रहेकोछ सचेत रहनुहोला । व्यापारमा लगानी गर्न केहि समय पर्खनु राम्रो रहेकोछ । तरपनि बिदेशमा उत्पादित सामानहरुको व्यापार फस्टाएर जानेछ । पढाइ लेखाइमा मन नजाने तथा अल्छि गर्नाले नतिजा बिग्रनेछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले तथा नचाहँदा नचाहँदै टाडिनु पर्दा मनमा नरमाइलो लाग्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) तरल पदार्थ तथा पानीसँग सम्वन्धीत व्यापारमा लगानी गरी आम्दानी वढाउन सकिनेछ । घर परिवारबाट प्रसस्त सहयोग हुने तथा बुवाको सल्लाह मान्दै अगाडी बढ्दा मनग्गे फाइदा हुनेछ । पढाइ  लेखाइमा सुधार गर्दै लान सकिनेछ तथा वित्तिय क्षेत्रसँग सम्वन्धीत कामबाट रुपैया पैसा कमाउन सकिनेछ । छोटो समय तथा सानो प्रयत्‍नले कामहरु बन्ने हुदा मन प्रशन्न हुनेछ । भाग्यले प्रेम पात्र जुराउने ग्रहयोग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समय राम्रो नभएकोले राज्य बाट पाउने सेवा सुविधाबाट बञ्चित हुनु पर्नेछ । व्यापार व्यावसायमा लगानी गरेपनि लाभ थोरै मात्र हुनेछ । पैत्रिक स्रोत तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । अध्ययनमा समय दिन नसक्दा अरु भन्दा पछी परिनेछ । तापनि आफन्त तथा मन परेको मानिससँग रमाईलो यात्राको तय गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन पाइने छ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) भाग्यले साथ दिने हुँदा सानो प्रयत्‍नले ठुलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर ध्यान जाने हुनाले शरीरले सकारात्मक उर्जा ग्रहण गर्नेछ । आफन्तहरुको सहयोगले उपलब्धी मुलक कामहरु बन्नेछन् भने दैनिकीलाई सहज रुपमा परिणत गर्न सकिनेछ । धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेकोछ । नयाँ काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ ।  

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) परिवार तथा आफन्त जनसँग मनमुटाव बढ्नेछ भने पति पत्नी तथा माया प्रेममा अविस्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा बिशेष ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ भने आफन्त तथा विश्वास गरेकै हरुबाट धोका हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) यात्राका क्रममा उपलव्धी मुलक कामहरु गर्न सकिनेछ । औषधीजन्य व्यापारमा लगानी गर्नेहरुले मनग्गे आम्दानी गर्न सकिने तथा आर्थिक रुपमा सम्पन्न हुने समय रहेकोछ । पढाइ लेखाइ बिभिन्न कारणले बिग्रन सक्छ ध्यान दिनुहोला । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तीको गतिलो योग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) मुद्दा मामिला तथा न्यायिक निकायबाट हुने निर्णयहरु पछिको लागी सार्नु नै उपयुक्त हुनेछ किनकी आज आउने फैसला तपार्ईँको पक्षमा हुनेछैन । व्यापार व्यावसायमा समय दिएपनि आम्दानी कम हुनेछ । खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न असजिलो हुनेछ । नोकरी तथा पढाइमा हुने प्रतिस्पर्धामा विजय हुन कडा मिहिनेत गर्नुपर्नेछ । पुराना समस्या पुनः बल्झन तथा ऋण लाग्नेछ ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्वन्धी समस्या आउन सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आकस्मिक धन तथा सम्पती लाभ हुने समय रहेकोछ । शेयर बजार तथा चिट्ठाको व्यावसाय फस्टाएर जानेछ भने खाद्यान्न तथा मेडिकल व्यावसायमा लगानी गरी धन सम्पती कमाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने आत्मिय मित्रको साथ रहने हुनाले महत्वपूर्ण उपलव्धी हासिल गर्न सकिनेछ । आफन्त तथा सन्तानबाट तपार्ईँको काममा सहयोग हुने हुँदा मन प्रशन्न रहनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा तथा उपलव्धी मुलक कामहरु गर्न सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।
यूवा ज्योतिषी डीपी भण्डारी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप