शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मधुमेहका रोगीले खान नहुने १० खाना

बिहीबार, १२ चैत २०७७, ११ : २१
बिहीबार, १२ चैत २०७७

रगतमा चिनीको मात्रा आवश्यकभन्दा बढी देखा पर्नुलाई मधुमेह भनिन्छ । मानिसको आफनै खानपान र रहनसहनको कारण यो रोग देखा पर्छ । यो सरुवा रोग होइन । कतिपय मधुमेह वंशानुगत पनि हुन्छ । मधुमेह लागेको शंका लागेमा तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराई उपचार गराउनुपर्छ । मधुमेहबाट बच्न नियमित व्यायाम, सन्तुलित आहार आदिमा ध्यान दिनुपर्छ ।

दैनिक खानपानमा ध्यान दिनु नै यो रोगलाई नियन्त्रण गर्ने उपाय हो । त्यसैले यसलाई नियन्त्रणमा राख्नमा लागि केही खानेकुरा खानुहुँदैन । 

१. चामलको भात
चामलको भातमा प्रचुर मात्रामा भिटामिन, मिनरल्स र फाइबर पाइन्छ । साथै, यसमा कार्बोहाइड्रेटको मात्रामा पनि अत्यधिक मात्रामा पाइन्छ । जसले शरीरमा चिनीको मात्रा बढाउँछ । त्यसैले मधुमेहका रोगीले ब्राउन राइस खाने गर्नुपर्छ । 

२. केरा
केरामा पोटासियम, भिटामिन बी–६, फाइबर, म्याग्नेसियम जस्ता महत्वपूर्ण पोषक तत्वहरु पाइन्छन् । पाकेको केरामा काँचो केरामा भन्दा १६ गुणा बढी चिनीको मात्रा पाइने भएकाले मधुमेहका रोगीले धेरै केराको सेवन गर्न हुँदैन ।

३. फलफूलको जुस
बजारमा पाइने बट्टाभित्रका जुसमा चिनीको मात्रा धेरै हुने भएकाले यसको सेवन मधुमेहका रोगीका लागि फाइदाजनक हुँदैन । त्यसले मधुमेहका रोगीले फलफूलका ताजा जुस पिउने गर्नुपर्छ । 

४. कफि
कफिले शरीरमा उर्जा बढाउँछ । यसले बोसो पगाल्न र एकाग्रता बढाउन पनि मद्दत गर्छ । यसमा राइबोफ्लेबिन, पोटाशियम जस्ता पदार्थहरु पाइन्छन् । तर, कफिमा दूध, क्रिम र चिनी मिसाएर खाँदा यसले शरीरमा नकारात्मक प्रभाव पार्छ । 

५. फ्लेवर्ड ओट्स
साधा ओट्स स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसमा फाइबर हुने भएकाले मधुमेह नियन्त्रण हुन्छ । तर, फ्लेवर्ड भएको ओट्सको सेवनले भने मधुमेहका रोगीलाई झनै समस्यामा पार्न सक्छ । 

६. मह 
मधुमेहका रोगीका लागि महलाई चिनीको विकल्पका रुपमा लिइन्छ । तर कहिले काँही चिनीको उच्च मात्रा भएका कारण यो नोक्सानदायक हुनसक्छ । 

७. प्रोटिन बार
व्यायाम गर्नुभन्दा अगाडि प्रोटिन बारको सेवन स्वस्थकर मानिन्छ । यसले शरीरलाई उर्जा प्रदान गर्छ । यसमा क्यालोरी, चिनी, काब्र्स र फ्याटको मात्रा धेरै हुने भएकाले मधुमेहका रोगीका लागि बेफाइदाजनक हुन्छ । 

८. ड्राइड फ्रुट
यसमा किशमिश, बदाम, अन्जीर आदि खानेकुरा मधुमेहका रोगीले कम प्रयोग गर्नुपर्छ । 

९.फ्रुट योगर्ट
यो फ्रुट स्वीटनर र उच्चमात्रामा फ्याट भएको दूधबाट तयार गरिन्छ । यसमा काब्र्स र चिनीको मात्रा धेरै हुन्छ । त्यसैले यो स्वास्थ्यका लागि फाइदाजनक हुँदैन ।

१०. स्मुदी
स्मुदीमा फाइबर र प्रोटिन दुवैको मात्रा अत्यधिक धेरै हुने भएकाले मधुमेहका रोगीले यसको सेवन नगर्दा नै उत्तम मानिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप