शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चन्द्रागिरीको सेयर मूल्य २ हजार नाघ्यो

बिहीबार, १२ चैत २०७७, १६ : १२
बिहीबार, १२ चैत २०७७

काठमाडौं । चन्द्रागिरी हिल्सको सेयर मूल्यले २ हजार रुपैयाँ पार गरेको छ । बिहीबार (साताको अन्तिम कारोबार दिन) चन्द्रागिरिको सेयर मूल्य प्रतिसेयर २ हजार ७९ रुपैयाँ भएको छ । यसको मूल्य १० प्रतिशतले बढेको हो । 

बिहिबार सेयर बजारमा २१.२९ अंकको गिरावट आएको छ ।  यसदिन साढे  ६ अर्ब बढीको सेयर कारोबार भएको छ  । ट्रेडिङ, होटल तथा पर्यटन र लगानी समूहमा बढोत्तरी छ भने बाँकी सबै समूहमा गिरावट आएको छ ।  ट्रेडिङ समूह १७४.८८ अंकले वृद्धि भएको छ भने होटल्स तथा पर्यटन समूहमा १५४.०७ अंकको बढोत्तरी छ । लगानी समूहतर्फ १०३.७२ अंकको बृद्धि छ । 

कारोवार रकमको आधारमा आज नेपाल पूर्वाधार बैंकको सेयर कारोबार बढी छ । ९१ करोड रुपैयाँ भन्दा बढी कारोबार भएको निफ्राको सेयर मूल्य भने ६ सय १० रुपैयाँ पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप