केन्द्रीय संस्करण
जनस्वास्थ्यविद्को सुझाव

नेपालमा कोरोनाको तेस्रो लहर देखियो, लापरवाही नगरौं

क्वारेन्टिन र पीसीआर मेसिन तयारी अवस्थामा राखौँ, नाकामा कडाइ गरौं : डा. बाबुराम मरासिनी

person explore access_timeचैत १३, २०७७ chat_bubble_outline0


 

भारतमा फैलिएको कोरोना भाइरसको भेरियन्ट कुन–कुन हो भनेर पूर्णरुपमा अध्ययन भइसकेको छैन । भारतकै केही जनस्वास्थ्यविद्ले यसलाई बेलायत र ब्राजिलमा देखिएको नयाँ भेरियन्ट भन्दै आएका छन् । भारतमा कोरोना संक्रमण दर बढेसँगै नेपालमा संक्रमण दर बढ्नु स्वाभाविक हो । भारतमा कोरोनाको पहिलो लहर आउँदा  नेपालमा पनि संक्रमण बढ्यो भने भारतमा संक्रमण दर घट्दा नेपालमा पनि घट्यो । अहिले भारतको महाराष्ट्र, उत्तर प्रदेश लगायतका ११ वटा प्रदेशमा संक्रमितको संख्या बढिरहेको छ ।

राज्यले कोरोना भाइरस संक्रमणको पहिचान, उपचार र नियन्त्रणमा अघिल्लो वर्षजस्तो भद्रगोल गर्नुहुँदैन । नागरिकले पनि स्वास्थ्य सुरक्षाको नियम उल्लंघन गर्नु हुँदैन ।

 


 

नेपालले अहिलेसम्म सीमा नाकामा खासै कडाइ गरेको छैन । त्यसैले यहाँ पनि अब क्रमशः संक्रमण बढ्छ  । नेपाल–भारत सीमा क्षेत्रमा १४ वटा हेल्थ डेस्क राख्दैमा ढुक्क हुने अवस्था छैन । १४ वटा नाकाका हेल्थ डेस्कले मात्रै संक्रमण फैलनबाट रोक्न सक्दैन । अब होली, नयाँ वर्ष नजिकिँदैछ, चोरबाटो हुँदै आउजाउ गर्नेको लर्को लाग्न थालेको छ । यसरी चोरबाटो हुँदै नेपाल छिरेकाहरूबाट समुदायमा कोरोना संक्रमण फैलने खतरा दिन प्रतिदिन बढ्दै गएको छ ।

धेरैले नेपालमा कोरोनाको दोस्रो लहरको संकेत देखाप-यो भनेका छन् । मलाई लाग्छ, यहाँ कोरोना संक्रमणको दोस्रो लहरको संकेत होइन, संक्रमणको तेस्रो लहरको संकेत हो । किनभने, गत सालको पुस/माघ महिनामा पनि संक्रमण दर व्यापक थियो । त्यसबेला नेपालमा कोरोना परीक्षण गर्ने व्यवस्था थिएन । शारीरिक मानसिकरुपमा स्वस्थ व्यक्तिलाई अचानक निमोनिया हुने र छोटो समयमै धेरै बिरामीको उपचारको क्रममा निधन पनि भयो ।

अर्कोतिर, नेपालमा आन्तरिकरुपमा पनि कोरोना संक्रमण नियन्त्रणमा आएको छैन । हिजोआज ‘कोरोना भाइरस संक्रमण भनेको सामान्य हो, यो केही पनि होइन’ भन्दै मानिसहरुले सामान्यरुपमा लिन थालेका छन् । विश्वका धेरै देशमा कोरोना भाइरस संक्रमणको दोस्रो, तेस्रो लहर आइरहेको छ । विगतमा झैँ राज्य र नागरिकले गैरजिम्मेवारपनलाई दोहो¥याइरहेका छन् ।

नागरिकले मास्कको प्रयोग, सामाजिक दूरी, साबुनपानीले हात धुने तथा सेनिटाइजरको प्रयोग आदि कुरा ध्यान नदिँदा संक्रमण बढ्ने खतरा देखिन्छ । नेपाल होसियार बन्नैपर्छ । किनकि डेंगु, कालाजार, स्वाइन फ्लू, वर्ड फ्लूजस्ता सरुवा रोग भारतबाटै यहाँ संक्रमण भएर सरेको हो ।

नेपालमा तेस्रो लहरको संकेत 

धेरैले नेपालमा कोरोनाको दोस्रो लहरको संकेत देखाप-यो भनेका छन् । मलाई लाग्छ, यहाँ कोरोना संक्रमणको दोस्रो लहरको संकेत होइन, संक्रमणको तेस्रो लहरको संकेत हो । किनभने, गत सालको पुस/माघ महिनामा पनि संक्रमण दर व्यापक थियो । त्यसबेला नेपालमा कोरोना परीक्षण गर्ने व्यवस्था थिएन । शारीरिक मानसिकरुपमा स्वस्थ व्यक्तिलाई अचानक निमोनिया हुने र छोटो समयमै धेरै बिरामीको उपचारको क्रममा निधन पनि भयो ।

 


 

नेपालमा अघिल्ला वर्षको तुलनामा गत वर्षको पुस, माघ, फागुन महिनामा निमोनिया, ज्वरो, खोकी र घ्यार घ्यार हुने २५ प्रतिशत बिरामी बढेका थिए । त्यसबेला कोरोना परीक्षण गर्ने व्यवस्था नहुँदा धेरै मानिस अञ्जानमै रहे ।

‘बोर्डर हेल्थ कन्ट्रोल’मा मेडिकल अफिसर लगायतका स्वास्थ्यकर्मीलाई खटाउने, मेडिकल अफिसरले सीमा नाका हुँदै प्रवेश गर्नेलाई कोरोना परीक्षण तथा जाँच गर्ने, अवश्यकताका आधारमा आइसोलेसन, क्वारेन्टिनमा राख्न निर्देशन दिने, आइसोलेशन, क्वारेन्टिनमा बस्न नमान्नेलाई मेडिकल अफिसरले कारवाही गर्न निर्देशन दिने अधिकारसहित सीमा नाकामा कडाइ गर्ने हो भने भारतबाट संक्रमण भित्रिन पाउँदैन ।

अब ‘बोर्डर हेल्थ कन्ट्रोल’ मा जानुपर्छ

सरकारले हवाई मार्ग हुँदै नेपाल प्रवेश गर्नेले पीसीआर रिपोर्ट अनिवार्य रुपमा देखाउनुपर्ने व्यवस्था गरेको छ । तर, सरकारको अचम्मको नीति छ, भारतबाट नेपाल आउनेका लागि भने पीसीआर रिपोर्ट चाहिँदैन । अब सरकारले अघिल्लो ७२ घण्टाभित्र परीक्षण गरेको पीसीआर रिपोर्ट देखाएर मात्रै नेपाल छिर्न दिने व्यवस्था गर्नुपर्छ ।

भारत हुँदै अन्य देशका नागरिक पीसीआर रिपोर्टबिना स्थलमार्गबाट नेपाल प्रवेश गर्दा कोरोना भाइरसको नयाँ–नयाँ भेरियन्ट भित्रिने खतरा हुन्छ । सरकारले सीमामा कडाइ गर्नका लागि ‘बोर्डर हेल्थ कन्ट्रोल’ विधि अपनाएर अगाडि बढ्नुपर्छ ।

नाका क्षेत्रमा स्थापना गरिएको हेल्थ डेस्कले मात्रै कोरोना संक्रमण रोक्न सक्दैन । विगतबाट पाठ सिकेर सरकारले ‘बोर्डर हेल्थ कन्ट्रोल’मा जानुपर्छ । किनभने, यसअघि पनि सीमा नाकामा हेल्थ डेस्क नभएको होइन तर, खासै प्रभावकारी भएन ।

‘बोर्डर हेल्थ कन्ट्रोल’मा मेडिकल अफिसर लगायतका स्वास्थ्यकर्मीलाई खटाउने, मेडिकल अफिसरले सीमा नाका हुँदै प्रवेश गर्नेलाई कोरोना परीक्षण तथा जाँच गर्ने, अवश्यकताका आधारमा आइसोलेसन, क्वारेन्टिनमा राख्न निर्देशन दिने, आइसोलेशन, क्वारेन्टिनमा बस्न नमान्नेलाई मेडिकल अफिसरले कारवाही गर्न निर्देशन दिने अधिकारसहित सीमा नाकामा कडाइ गर्ने हो भने भारतबाट संक्रमण भित्रिन पाउँदैन ।

क्वारेन्टिन र पीसीआर मेसिनलाई तयारी अवस्थामा राखौँ

पीसीआर रिपोर्टबिना नेपाल आउनेलाई कोरोना परीक्षण गरी पोजेटिभ नतिजा आउनेलाई क्वारेन्टिनमा राख्नुपर्छ । आइसोलेशन र क्वारेन्टिनका लागि जुम्ला घर हुनेलाई जुम्ला पु¥याउने होइन, नाका क्षेत्रमै मापदण्डमा आधारित भएर आइसोलेशन र क्वारेन्टिनको व्यवस्था गर्नुपर्छ । जुम्ला घर हुने संक्रमितलाई घर पठाउँदा संक्रमण सर्ने र आर्थिक भार बढी पर्छ । त्यसैले नेपालमा कोरोना संक्रमण बढ्न नदिनका लागि नाका क्षेत्रमै क्वारेन्टिनको व्यवस्था गर्नुपर्छ ।

क्वारेन्टिनमै मृत्यु हुने, संक्रमण सर्ने, भाग्ने, यौन हिंसा आदिजस्ता घटना पुनः घट्न नदिनका लागि विगतबाट पाठ सिकेर अहिले नै व्यवस्थित बनाउनुपर्छ । पहिलेजस्तो कोरोना संक्रमण बढ्दै गएपछि आइसोलेसन, क्वारेन्टिन र परीक्षण गरौँला भन्ने नीति बनाएर हुुँदैन ।

 


 

स्थानीय, प्रदेश र केन्द्रीय सरकारसँग भएका क्वारेन्टिन, आइसोलेसनलाई तयारी अवस्थामा राख्नुपर्छ । भविष्यमा आउन सक्ने महामारीसँग जुध्नका लागि सफल रणनीति बनाएर सरकार अगाडि बढ्नुपर्छ ।

नाफा कमाउने उद्देश्यले आयात गरेका पीसीआर मेसिन थन्किएका छन् । अब निजी तथा सरकारी प्रयोगबाट कोरोना परीक्षणमा तीव्रता दिएर कोरोना संक्रमण फैलनबाट रोक्न सकिन्छ ।

मास्क नलगाउने, सामाजिक दूरी कायम नगर्ने, भिडभाड गर्नेलाई कडा कारवाही गर्नुपर्छ । सरकारले कोरोना महामारी तीव्ररूपमा फैलँदा मास्क नलगाउनेलाई जरिवाना तिराए पनि त्यति प्रभावकारी देखिएन । त्यसैले ऐन संशोधन गरेर भए पनि दोस्रो लहर आउन नदिनका लागि बेलैमा राज्यले कडा कदम चाल्ने हो भने कसैले पनि लापरवाही गर्न सक्दैन ।

सबै देशमा महामारी पुनः फैलिरहेको छ । सचेत हुँदै कोरोनासँग जुध्नका लागि सरकारले पूर्वतयारी तथा रणनीति बनाउनुपर्छ । हिजोआज ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्न छाडियो । संक्रमण बढ्न नदिने मुख्य आधार कन्ट्याक्ट ट्रेसिङ पनि हो । कोरोना संक्रमणको पहिचान, उपचार र नियन्त्रणका लागि सरकारले परीक्षण, कन्ट्याक्ट ट्रेसिङ, नाकामा कडाइ, आइसोलेसन/क्वारेन्टिनमा विगतमा गरेका गल्तीबाट पाठ सिकेर बढ्यो भने नेपाल संक्रमण बढ्दैन ।

यदि सरकारले यी कुरालाई नजरअन्दाज गर्ने हो भने इतिहास दोहोरिन्छ र भयावह स्थिति सिर्जना हुन्छ । लकडाउन तथा बन्दाबन्दी पनि हुन्छ ।

पहिला नाकालाई व्यवस्थित गर्न नसक्दा, परीक्षणको दायरा बढाउन नसक्दा, कन्ट्याक्ट ट्रेसिङ फितलो हुँदा, क्वारेन्टिन, आइसोलेसन व्यवस्थित गर्न नसकेकै कारण क्षति भयो । त्यसैले यी ५ कुरालाई मुख्यरुपमा ध्यान दिऔं । नागरिकले जनस्वास्थ्यको पालना गरौं ।

संक्रामक रोग ऐन संशोधन गरौं

विसं.२०१६ सालमा संक्रामक रोग ऐन ड्राफ्ट गरिएको हो । सरुवा रोगको मापदण्ड पालना नगर्नेलाई त्यतिबेला नै ५ सय रुपैयाँ जरिवाना तोकिएको थियो । त्यसबेलाको ५ सय रुपैयाँले काठमाडौंमा डेढ रोपनी जग्गा आउँथ्यो होला । त्यसबेलाको एक डलर बराबर ४ रुपैयाँ थियो । अहिले त्यो दण्ड जरिवाना रकमलाई मूल्यांकन गर्ने हो भने करिब १५ हजार पर्न आउँछ ।

महामारीको समयमा जनस्वास्थ्यका मापदण्ड उल्लंघन गर्नेलाई कडा कारवाहीको व्यवस्था गर्नुपर्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई कारवाहीका लागि ऐन बनाउन मन्त्रिपरिषदमा लगेर कारवाही स्वरुप जरिवाना तोकेर पूर्णरुपमा लागू गर्नुपर्छ । यसअघि झैँ अहिले पनि दण्ड जरिवाना निर्धारण गर्न सकिएन भने संक्रमण ह्वात्तै बढ्छ । जरिवाना निर्धारण गर्न ढिला भइसक्यो ।

जनस्वास्थ्यका मापदण्ड पालना गर्नका लागि सरकारले निर्देशन दिएरमात्र नहुने रहेछ भन्ने कुरा महसुस सबैले गरिसकेका छौँ ।

जाडो महिनामा गर्मी महिनामा जस्तो आर्थिक क्रियाकलाप हुँदैन । गर्मी बढ्दै गएपछि समुदाय र सहर बजारमा व्यापार–व्यवसाय र खेती किसानीका लागि धेरै मानिस घरबाहिर निस्कन्छन् । नेपालमा आन्तरिक रुपमा कोरोना संक्रमण छँदैछ । छिमेकी मुलुक भारतमा संक्रमणको दर बढ्दै गएपछि नेपालमा पनि विस्तारै कोरोना संक्रमितको संख्या बढ्दैछ भन्ने संकेत देखिएकै छ ।

मास्क नलगाउने, सामाजिक दूरी कायम नगर्ने, भिडभाड गर्नेलाई कडा कारवाही गर्नुपर्छ । सरकारले कोरोना महामारी तीव्ररूपमा फैलँदा मास्क नलगाउनेलाई जरिवाना तिराए पनि त्यति प्रभावकारी देखिएन । त्यसैले ऐन संशोधन गरेर भए पनि दोस्रो लहर आउन नदिनका लागि बेलैमा राज्यले कडा कदम चाल्ने हो भने कसैले पनि लापरवाही गर्न सक्दैन ।

संक्रामक ऐन २०२० ले सीमाबाट आउनेहरूका बारेमा पनि केही बोलेको छैन । ऐन सुधार गरेमा यस्तो महामारी आउँदा रोग फैलिन नदिन ठूलो राहत हुन्छ ।

मानवीय व्यवहार परिर्वतन भनेको धेरै कठिन कुरा हो । जनस्वास्थ्यसम्बन्धी जानकारी भएर पनि पालना गर्ने कम हुन्छन् । चुरोट खाएपछि क्यान्सर हुन्छ भन्नेबारे आम मान्छेलाई भन्दा धेरै जानकारी डाक्टरलाई हुन्छ । तर, संसारभरका १५ प्रतिशत डाक्टरले चुरोट खान्छन् ।

कोरोनाका कारण अन्य रोगका बिरामी उपचार गर्नबाट प्रभावित भएका छन् । मानिसले मोटरसाइकल चलाउँदा हेल्मेट किन लगाउँछन् ? सवारी साधन ऐनमा मोटरसाइकल चलाउँदा हेल्मेट लगाएन भने कारवाही हुन्छ भन्ने उल्लेख गरेको छ, त्यसैले हेल्मेट लगाउँछन् । त्यसैगरी, महामारीका लागि कानुनी आधार पनि चाहिन्छ । स्वास्थ्य सचेतना कार्यक्रमले मात्रै सर्वसाधारणले जनस्वास्थ्यका नियम पालना गर्दैनन् ।

जाडो महिनामा गर्मी महिनामा जस्तो आर्थिक क्रियाकलाप हुँदैन । गर्मी बढ्दै गएपछि समुदाय र सहर बजारमा व्यापार–व्यवसाय र खेती किसानीका लागि धेरै मानिस घरबाहिर निस्कन्छन् । नेपालमा आन्तरिक रुपमा कोरोना संक्रमण छँदैछ । छिमेकी मुलुक भारतमा संक्रमणको दर बढ्दै गएपछि नेपालमा पनि विस्तारै कोरोना संक्रमितको संख्या बढ्दैछ भन्ने संकेत देखिएकै छ ।

( इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख एवं जनस्वास्थ्यविद् डा. मरासिनीसँग रातोपाटीकर्मी माया श्रेष्ठले गरेको कुराकानीमा आधारित)

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.