शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ज्योती लाइफको आइपिओ आज बाँडफाँड हुँदै, १२ लाख आवेदकको हात खाली

शुक्रबार, १३ चैत २०७७, ११ : ०७
शुक्रबार, १३ चैत २०७७

ज्योति लाइफ इन्सुरेन्सको आइपीओ केहीबेर पछि बाँडफाँड हुँदैछ । 

बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार शुक्रबार (आज) ज्योति लाइफको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँड हुने कार्यक्रम छ । ज्योती लाइफको आइपिओमाकुल ३ अर्ब ८० करोड ५७ लाख ७१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सर्वसाधारणलाई बिक्री गरिएको ५९ लाख ४० हजार कित्तालाई आधार मान्दा ५ लाख ९४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १२ लाख १० हजार भन्दा धेरैको हात खाली हुनेछ । 

ज्योतिको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउने भाग्यमै पर पर्नुपर्ने भएको छ । १८ लाख ४ हजार ६४८ जनाले ३ करोड ८० लाख ५७ हजार ७ सय १० कित्ताका लागि आवेदन दिएका हुन । यो मागको तुलनामा ६.४ गुणा बढी हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप