शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ज्योती लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँड, यसरी हेर्न सकिन्छ रिजल्ट

शुक्रबार, १३ चैत २०७७, १४ : ५२
शुक्रबार, १३ चैत २०७७

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको साधारण सेयर (आइपिओ) शुक्रबार बाँडफाँट भएको छ । कम्पनीको आइपिओमा आवेदन दिएकाहरु मध्ये अधिकतम ५ लाख ९४ हजार आवेदकले गोला प्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन् । 

कुल १८ लाख ४२ हजार ४९३ जनाको आवेदन परेकोमा आवेदन दिनेमध्ये १२ लाख ३ हजार ८३३ जनाको हात खाली भएको छ । भने बाँकी रहेका ४४ हजार ६४५ जनाको आवेदन भने रद्द भएको आईपीओ बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।  
कम्पनीले फागुन २१ गतेबाट प्रति कित्ता एकसय रुपैयाँ दरको कुल ६६ लाख कित्ता आइपिओ निष्कासन गरेको थियो ।  जसमा ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्तानै म्युचुअल फन्डहरुलाई छुट्याइएको थियो भने ५९ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि निष्काशन गरिएको थियो ।

आइपिओका नतिजा आइपिओ निष्काशन गर्ने कम्पनी, बिक्री प्रबन्धक एनएमबि क्यापिटल र मेरो सेयर तथा सीडीएस एन्ड क्लियरिङको आइपिओ हेर्ने वेभसाइट  https//Miporesult.cdsc.com.np   बाट हेर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप