उच्च गुणस्तरको शिल्ड फेस मास्क बजारमा
काठमाडौं । नेपालको पहिलो तथा विगत १५ वर्ष देखि नेपालमै सेनेटरी प्याड तथा बच्चाको डाइपर उत्पादन गर्ने कम्पनी जस्मिन हाइजिन प्रोडक्टले आफ्नो उत्कृष्ट उत्पादन अन्तर्गत शिल्ड फेस मास्क बजारमा ल्याएको छ । शिल्ड फेस मास्क नेपाल मै UV sterilized भई उत्पादन हुने पहिलो मास्क भएको कम्पनीले दाबी गरेको छ ।
सही मास्क प्रयोग गरि सामाजिक उत्तरदायित्व बहन गरौ भन्ने नाराका साथ ल्याएको यो फेस मास्कको प्रयोगले कोभिड १९ लगायत अन्य भाइरस तथा किटाणुहरूबाट उच्च सुरक्षा दिन्छ । UV sterilized मास्क भएको हुनाले यो आफैमा १००% किटाणु तथा भाइरसरहित छ । यसमा भएको ३ तहको मेल्टब्लोन फिल्टर र मुलायम डोरीले प्रयोगकर्तालाई उच्च सुरक्षा दिनका साथै आरामदायी महसुस गराउँछ । शिल्ड फेस मास्क भारतीय सर्जिकल मास्क standard 16289:2014 को आवश्यकता बमोजिम मेल खाने कम्पनीले दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी