शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोरोनाबाट २२ देशमा रहेका ३ सय ४५ जना नेपालीको मृत्यु

आइतबार, १५ चैत २०७७, १२ : ५६
आइतबार, १५ चैत २०७७

लन्डन । कोरोना भाइरस -कोभिड १९_ संक्रमणबाट विदेशमा थप ३ जनाको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार यो साता प्राप्त तथ्यांकअनुसार युकेमा २ जना र क्यानाडामा १ जना गैरआवासीय नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो ।   

गैरआवासीय नेपाली संघ -एनआरएनए_ का अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिवार साँझसम्म हालसम्म २२ देशमा रहेका ३ सय ४५ जना नेपालीको निधन भएको  छ । संयोजक डा. सापकोटाका अनुसार  यो साता बेल्जियम, मलेसिया  र युएईमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ ।  
 

हालसम्म ५३ देशमा ६३  हजार ८ सय ५४ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६१ हजार ९ सय ८० जना कोरोना संक्रमणमुक्त भएका छन् । विदेशमा संक्रमणमुक्त हुने दर ९६ दशमलव ८ प्रतिशत रहेको छ।  यसैबीच,  कोरोना भाइरसका कारण नेपालमा ३ हजार ३७ जनाको निधन भएको छ ।    

नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७६ हजार ७ सय ५० जना भने  २ लाख ७२ हजार ४ सय ३५ जना  कोरोनाबाट मुक्त भएका छन् ।  संक्रमणमुक्त हुने दर ९८ दशमलव ४ प्रतिशत छ ।     

स्वास्थ्य समितिका संयोजक डा.सापकोटाले पछिल्ला दिनमा भारतमा संक्रमण तीव्र बनेको र भारतबाट नेपाल फर्किनेको संख्या बढिरहेकाले सबैलाई अनिवार्य स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरे ।  

उच्च स्वास्थ्य सतर्कता अपनाउनुका साथै खोप लगाएका र नलगाएका सबैले मास्क, सामाजिक दूरी, हातको सरसफाइ, हावा ओहोर दोहोर हुने ठाउँमा बसेर जनस्वास्थ्यको उपाय कडाईका साथ पालना गर्न उनले सुझाए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप