बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पोखराको आकाश तुवाँलोले ढाक्यो, दुई दिनदेखि हवाई उडान अवरुद्ध

आइतबार, १५ चैत २०७७, १६ : २१
आइतबार, १५ चैत २०७७

पोखरा । पोखराको आकासमा दुई दिनदेखि (वायु प्रदूषण) तुवाँलो लाग्दा हवाइ उडानहरु ठप्प भएका छन् । वायु प्रदूषणका कारण भिजिविलिटी नहुँदा शुक्रबार दिउँसोदेखि बिग्रिएको पोखरा क्षेत्रको मौसम आइतबार पनि सुधार हुन सकेन । 

वायु प्रदूषणका कारण (तुवाँलो लाग्दा) शुक्रबार दिउँसोदेखि पोखराबाट काठमाडौं लगायत देशका विभिन्न शहरमा जाने हवाइ सेवा सुचारु हुन नसकेको हो । पोखराको आकाश तुवाँलोले ढाकेका कारण शुक्रबार ६ वटा फ्लाइट रद्ध भएका थिए । शनिबार आकाश खुल्ने आशा गरिए पनि दिनभर कुनै पनि उडाउ हुन सकेन भने आइतबार समेत उडान अवरुद्ध भएको छ । 

पोखराको मुख्य बजारबाट नजिकै रहेका सराङकोट, काहुँडाँडा, पुम्दीकोट लगायतका डाँडाहरू तुवाँलोले देखिका छैनन् । धुँवा र धुलोले भिजिविलिटी कम हुँदा शुक्रबार दिउँसोदेखि पोखराबाट उडान हुन नसकेको पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिए ।

आज पोखरादेखि बाराको सिमरासम्म सुरु गर्ने भनिएको सिधा उडान मौसमले गर्दा स्थगित भएको उनले जानकारी दिए । आजबाट औपचारिकरुपमा सञ्चालन गरिने उडानमार्फत गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पर्यटनमन्त्री विकास लम्सालसहित २५ जनाको टोली सिमरा जाने कार्यक्रम तय भएको थियो ।

चैत १५ गतेदेखि यति एअरको २९ सिटे जहाजले उडान गर्ने गरी गत माघमा प्रदेश सरकारसँग एयरलाइन्सले सहमति गरेको थियो । पोखरा विमानस्थलबाट विमान उड्न र अवतरण गर्न ५ किलोमिटर खुल्ला रुपमा देखिने हुनुपर्छ । विगत केही दिनयता पोखरामा वायु प्रदूषण बढेको जल तथा मौसम विज्ञान कार्यालय पोखराले जनाएको छ ।  देशभर ७ सय बढी जंगलमा लागेको डढेलो र किसानले बाली भित्र्याएर खेतबारी, खरबारी लगायतका ठाउँमा आगो लगाउने चलनले पनि प्रदूषण बढाएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप