बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

झा दम्पत्ति वेपत्ता तथा हत्या प्रकरणः थप ३ आरोपी सार्वजनिक

आइतबार, १५ चैत २०७७, २२ : ००
आइतबार, १५ चैत २०७७

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिकास्थित सोहडवाका झा दम्पतीको अपहरण गरि हत्या गरेको आरोपमा पक्राउ परेका थप ३ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । आइतबार जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलन गरि स्थानीय तारादेवी झासहित उनका २ छोरा कैलाश र विकास झालाई सार्वजनिक गरेको हो ।

पिपरा गाउँपालिका–५ स्थित सहोडवा बस्ने ६६ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीतादेवी झाको हत्यामा संलग्न रहेको आरोपमा शुक्रबार नै महोत्तरी प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । आरोपित कैलाश झाको घरमा झा दम्पतीको जलेको कपडा, शव लुकाइएको र जलाएको बाकस, जलाएका दाउरा लगायतका सामग्रीहरु समेत बरामद भएको प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । हत्यामा उनीहरुको संलग्नता देखिएको प्रहरीको दाबी छ ।


झा दम्पतीको अपहरणपछि हत्या गरेको आरोपमा प्रहरीले एक साता अघि छिमेकी रामबाबु यादव, उनका छोराहरू सुरेन्द्र र राजेन्द्र यादव, भारत बिहार मधुवनी घर भइ महोत्तरीको बनौलीमा बस्दै आएका हरेन्द्र ठाकुरलाई पक्राउ गरेको थियो । फागुन १० गते राति ओछ्यानबाटै बेपत्ता भएका झा दम्पतीको शव एक महिनापछि गाडिएको अवस्थामा पिपरा गाउँपालिका– २ स्थित अतरार जाने बाटोमा फेला परेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप