शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मोडल हन्ट नेपाल विजेता बने प्रविण र अनिशा

आइतबार, १५ चैत २०७७, १८ : ५३
आइतबार, १५ चैत २०७७

काठमाडौँ । प्रवीण चापागाईँ र अनिशा शाक्य ‘मोडल हन्ट नेपाल २०२१’ को विजेता घोषित भएका छन् । शनिबार अबेर साँझ होटल सोल्टी क्राउन प्लाजामा सम्पन्न प्रतियोगितामा प्रविन पुरुष र अनिशा महिलातर्फको शीर्ष विजेता बनेका हुन् ।

३४ युवा र ३२ युवतीबीच अन्तिम स्पर्धा भएको प्रतियोगिता सहभागिता, प्रस्तुतिकरण र चर्चाको दृष्टिकोणले नेपाली परिवेशमा बृहत, स्तरीय एवम् लोकप्रिय मानिन्छ । प्रतियोगिताको यो सिजन ६ हो । प्रतियोगितामा पुरुषतर्फ फस्ट रनर मिनाल्ड लामिछाने र  सेकेन्ड रनर अप अनुप कार्की भए भने महिलातर्फ श्रीयशी श्रेष्ठ फष्ट रनर अप र परितोषिका पन्त सेकेन्ड रनर अप छानिए । 

आईसी कलेज अफ आर्ट एण्ड फेसनका १७ औं ब्याचका ३४ जना विद्यार्थी डिजाइनरले तयार पारेका विविध आकर्षक एवं मनमोहक पहिरनहरुमा सजिएर र्याम्प शो गर्दै सीप र कला प्रस्तुत गरेको प्रतियोगितामा विभिन्न उपशीर्षकमा समेत बिजेता छानिएको थियो ।

ग्लोबल आईएमई पे भोटिङ पार्टनर रहेको प्रतियोगितामा लक्ष्मी राना र सौर्या तिर्वा मोस्ट स्टाइलिस, प्रविण चापागाईं र राजश्री कार्की वेष्ट पर्सनालिटी, अनुप कार्की र सरिता बाडी वेष्टवाक, शुभम् भण्डारी र श्रीरुधी बस्न्यात पब्लिक च्वाइस तथा मि.एण्ड मिस मल्टिमिडिया, प्रतिभा गुरुङ र कविर घले गुरुङ सोसियल्ली रेस्पोन्सिबल विधातर्फ विजयी बनेका थिए ।

यसैगरी विनय पन्त र अनिशा शाक्य मोस्ट फोटो जेनिक, मिनाल्ड लामिछाने वेष्ट फिजिक र अदिति मानान्धर बेष्ट फिगर, गणेशराज जोशी र श्रीयशी श्रेष्ठ कमर्सियल मोडल, सौगात श्रेष्ठ र पूजा कार्की मोस्ट पपुलर, शुभम् भण्डारी र स्मृति ओली होप इन्टरनेसल एजुकेसनका ब्राण्ड एम्बेसडर, शुभम् भण्डारी र स्नेहा पोखरेल फेस अफ ओखतीका रुपमा छनौट भएका थिए ।

आईसी ग्रुप नेपालका प्रबन्ध निर्देशक शैलजा अधिकारी, सञ्चारकर्मी सुरजसिंह ठकुरी, पूर्व मिस नेपाल माल्भिका सुब्बा, डा.आयुष्मान घिमिरे तथा फेसन डिजाइनर इन्टा श्रेष्ठ निर्णायक रहेको प्रतियोगिताको आयोजक नेक्स्ट मोडल्स नेपाल रहेको छ । 

करिब पाँच साताको विभिन्न प्रशिक्षणसहित प्रतियोगीतामा प्रतियोगीलाई फाइनल प्रतिस्पर्धा उतारिएको थियो । रवि धमला र एत्ना पाण्डेको निर्देशक रहेको प्रतियोगिताको कोरियोग्राफर रोजिन शाक्य रहेका थिए । प्रतियोगिताका विजेताहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन सप्ताहमा आफ्नो उपस्थिति दर्शाउने छन् । यसका साथै कोरियामा सञ्चालन हुने एलबीएमए अवार्डस्, गोवामा सञ्चालन हुने इन्टरनेसनल फेसन विक लगायत फेसन, मोडलिङ र मिडियामा विशेष अवसर प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप