शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘नेपाल बेष्ट म्युजिक अवार्ड’ को उत्कृष्ट ५ मनोनयन सूची सार्वजनिक

सोमबार, १६ चैत २०७७, १५ : ०१
सोमबार, १६ चैत २०७७

काठमाडौँं । ‘नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । तुत्सी मिडियाले ‘नेपालको शान, संगीतको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागेको अवार्डमा ३५ विधाको उत्कृष्ट ५ मनोनयन सूची सार्वजनिक भएको हो ।

अवार्डमा समावेश हुन आएका गीत संगीतलाई जुरीका टिमले छनौट गरेर उत्कृष्ट ५ को सूची तयार गरेको हो । नेपाली गीत संगीतलाई प्रबद्र्धन गर्दै यो क्षत्रलाई चलायमान र क्रियाशीलता बनाउन अवार्डले मद्दत गर्ने आयोजकले तुत्सी मिडियाका अध्यक्ष तथा अवार्डका संयोजक नवराज भण्डारीले बताए ।

अवार्डमा दुई दशक भन्दा लामो समय संगीतमा बिताएका एक स्रष्टालाई नगद सहित ‘लाईफटाईम एचिभमेन्ट अवार्ड’ले सम्मान गरिने आयोजकले जनाएको छ । अवार्ड बैशाखमा आयोजना हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप