बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

शुक्रबारसम्म शिक्षण संस्था बन्द गर्ने केन्द्रको निर्णय यी स्थानीय तहले नमान्ने (सूचनासहित)

सोमबार, १६ चैत २०७७, २२ : ४१
सोमबार, १६ चैत २०७७

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायुमण्डलमा देखिएको अस्वाभाविक वातावरणका कारण प्रतिकूल असर पर्न सक्ने देखिएकाले  यही चैत २० गते शुक्रबारसम्मका लागि सबै शिक्षण संस्था बिदा दिने निर्णय गरेको छ । 
तर विभिन्न स्थानीय तहले भने सो निर्णय नमानी विद्यालय सञ्चालन हुने सूचना निकालेका छन् ।  तनहुँको भीमाद नगरपालिकाले शिक्षण संस्था नियमित सञ्चालन गर्ने जनाएको छ । 

 


 

नगरपालिकाको शिक्षा, युवा तथा खेलकूद शाखाले विज्ञप्ति जारी गरी विद्यालय नियमित रुपमा सञ्चालन गराउन निर्देशन दिएको छ । शाखा अधिकृत टेकावती ढकालद्वारा जारी विज्ञप्तिमा नगरक्षेत्रभित्र हालसम्म वातावरणीय असहज अवस्था नरहेको हुँदा विद्यालय नियमित रुपमा सञ्चालन गर्न सूचित गरिएको छ ।  यस्तै इलामको रोङ गाउँपालिका, इलाम नगरपालिका र विराटनगर महानगरपालिकाले पनि विद्यालय खुला राख्ने सूचना निकालेको छ ।
सूचना हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप