शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टी विभाजनको बाटो कोर्ने अभ्यास सुरु भयोः ठाकुर गैरे

सोमबार, १६ चैत २०७७, २३ : २२
सोमबार, १६ चैत २०७७

काठमाडौं । नेकपा एमालेका युवा नेता ठाकुर गैरेले एकता संघर्ष र रुपान्तरण को बाटो छोडेर विभाजनको बाटो कोर्ने अभ्यास सुरु भएको बताएका छन्। अध्यक्ष केपी ओलीले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल र अर्का नेता भीम रावललाई कारवाही गर्दै पार्टी सदस्यबाट ६ महिना निलम्बन गरेकोप्रति संकेत गर्दै नेता गैरेले पार्टी विभाजनको अभ्यास सुरु भएको बताएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत नेता गैरेले नेकपा एमाले को एकता कायम राख्न २०७५ जेठ २ गतेको विन्दुबाट पार्टी सञ्चालन हुनुपर्नेमा जोड दिएका छन् । उनले भनेका छन् : ‘एकता संघर्ष र रुपान्तरण को बाटो छोडेर विभाजनको बाटो कोर्ने अभ्यास सुरु भएको छ। नेकपा एमाले को एकता कायम राख्न २०७५ जेठ २ गतेको विन्दुबाट पार्टी सञ्चालन हुनुपर्छ।’

नेता गैरेले कारबाहीको बाटो होइन सम्बाद को बाटो रोज्न समेत आग्रह गरेका छन् । एमाले अध्यक्ष ओलीले सोमबार पार्टीका बरिष्ठ नेता नेपाल र रावललाई कारवाही गर्दै पार्टी सदस्यबाट ६ महिना निलम्बन गर्ने निर्णय गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप