शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिमः  दुई लाखभन्दा बढीलाई कोरोनाविरुद्ध खोप लगाइयो

मङ्गलबार, १७ चैत २०७७, १५ : ४०
मङ्गलबार, १७ चैत २०७७

बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा हालसम्म दुई लाखभन्दा बढी व्यक्तिले कोरोना भाइरसविरुद्ध खोप लगाएका छन् । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै गत माघदेखि हालसम्म कूल दुई लाख दुई हजार ८०८ जनालाई खोप दिइएको जनाएको छ ।   

सो अभियानमा प्रदेशमा रहेका नौ जिल्लामध्ये सबैभन्दा बढी कैलालीमा र सबैभन्दा कम डडेल्धुराका व्यक्तिले खोप लगाएका छन् । कैलालीमा सबैभन्दा बढी  ६३ हजार  ३९७ लाई खोप दिइएको मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।

यस्तै, कञ्चनपुरमा ३० हजार २२३, अछाममा २० हजार  ५७४, दार्चुलामा १७ हजार १७९, बझाङमा १६ हजार  ९७३, बैतडीमा १६ हजार  १९५, डोटीमा १४ हजार ६९७,  बाजुरामा १२ हजार ३२६ र  डडेल्धुरामा ११ हजार २४४ जनाले खोप लगाएका हुन् ।  

अभियानमा पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शव व्यवस्थापन गर्ने कर्मचारी, एम्बुलेन्स चालक, दोस्रो चरणमा कर्मचारी, सञ्चारकर्मी, सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी, जनप्रतिनिधि र तेस्रो चरणमा ज्येष्ठ नागरिकलाई खोप दिइएको हो । 

सुदूर पश्चिमसहित देशभरि नै गत माघ १४ गतेदेखि नै उक्त अभियान शुरु गरिएको थियो । प्रदेशमा खोप अभियानको शुभारम्भ सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले गर्नुभएको थियो भने पहिलो खोप स्वास्थ्य निर्देशक डा.गुणराज अवस्थीले लगाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप