बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यालय बन्द गर्ने केन्द्र सरकारको निर्णय प्रदेश २ का स्थानीय निकायद्वारा अवज्ञा

मङ्गलबार, १७ चैत २०७७, २१ : ५९
मङ्गलबार, १७ चैत २०७७

जनकपुर । संघीय सरकारले चार दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेपनि प्रदेश नम्बर २ का केही पालिकाले भने उक्त निर्णयको अवज्ञा गरेको छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबारदेखि देशभरका विद्यालयहरु बन्द गर्ने निर्णय गरेपनि प्रदेश नम्बर २ को बीरगंज महानगरपालिका र धनुषाको शहिदनगर नगरपालिकाले भने आफ्ना क्षेत्रभित्रका विद्यालयहरु बन्द नगर्ने जनाएका छन् ।

संघीय सरकारले वायु प्रदूषण अत्यधिक भएको कारण देखाउँदै विद्यालयका बालबालिकाहरूलाई स्वास्थ्यमा असर पर्न सक्ने भन्दै आजदेखि देशभरका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको थियो । तर निजी विद्यालयहरूको छाता संगठन र अभिभावक संघले शिक्षा मन्त्रालयको निर्णयप्रति असन्तुष्ट जनाएको छ ।

वायु प्रदूषणको जोखिम सबैतिर भएकोले विद्यालय बन्द गर्ने निर्णय गर्नुपरेको संघीय सरकारले बताएको छ । संघ सरकारले भने पनि स्थानीय निकायले भने संघीय सरकारको निर्णय अनुसार चल्न अटेर गरेको छन् । 

प्रदेश नम्बर २ मा आज प्रदेश सरकारले होलीको अवसरमा सार्वजनिक विदा दिएको छ । भोलिदेखि विद्यालयहरु नियमित रुपमा खुल्दैछ । बीरगंज महानगरपालिकाले नेपाल सरकारले १७ गते देखि २० गते सम्म वायु प्रदूषणको कारण देखाइ शैक्षिक संस्थाहरु बन्द गर्ने भनिएता पनि सो को प्रभाव बीरगंज महानगरपालिकामा नदेखिएको र विगतमा भएको शैक्षिक क्षतिलाई समेत ध्यानमा राख्दै यस महानगरपालिकाको अर्को आदेश नभए सम्म सबै शैक्षिक संस्थाहरुले पठनपाठन यथावत् राख्ने सार्वजनिक सूचना जारी गरेको छ ।

त्यस्तै शहिदनगर नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै पूर्ववत् विद्यालय पठाउन जारी रहने बताएको छ । 'वातावरणीय कारण देखाउँदै विद्यालयहरु बन्द गर्न भनिए पनि यस नगरपालिका भित्र त्यस्तो कुनै प्रकारको असहज वातावरण नरहेको जनाउँदै नगर भित्रका सम्पूर्ण विद्यालयहरु संचालन नै रहने भएको हुँदा आ–आफ्ना बालबालिका विद्यार्थीहरुलाई पूर्ववत् विद्यालय पठाउन हुन सम्पूर्ण अभिभावक अनुरोध गरेको छ,' विज्ञप्तिमा भनिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप