शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलायतमा कोरोनाबाट ४ हजार संक्रमित, ५६ जनाको मृत्यु

मङ्गलबार, १७ चैत २०७७, २२ : १७
मङ्गलबार, १७ चैत २०७७

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा  ४ हजार ४० जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ । बेलायतमा कुल संक्रमित संख्या ४३ लाख ४१  हजार ७३६  पुगेको छ । यसैगरी बेलायतमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा ५६ जनाको मृत्यु भएको छ । योसँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २६ हजार ६७० पुगेको छ ।

बेलायतका अस्पतालमा उपचार गराइरहेका र नयाँ भर्ना हुनेको संख्या पनि क्रमशः घट्दै गएको छ । मंगलबारसम्मको तथ्याँक अनुसार भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ५८३ रहेको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो २४ घन्टामा २८९ जना संक्रमित अस्पताल भर्ना भएका थिए । हाल बेलायतका अस्पतालमा उपचार गराइरहेका कोरोनाका बिरामीको संख्या चार हजार १५३ रहेको सरकारी तथ्याँकमा उल्लेख छ ।

बेलायतमा ३ करोड ४५ लाख बढी खोप वितरण

बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि तीन करोड ४५ लाख १८ हजार ९५८ डोज वितरण भएको छ । तीन करोड ६ लाख ८० हजार ९४८ ले खोपको पहिलो डोज लिएका छन् भने  ३८ लाख ३८ हजार १० जनाले दोस्रो डोज लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप