बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सेयरमा फर्किँदै रौनक, बजार उच्च बिन्दु नजिक

बुधबार, १८ चैत २०७७, १७ : ०१
बुधबार, १८ चैत २०७७

काठमाडौं । बुधबार सेयर बजार यस अघिको उच्च बिन्दु नजिक पुगेको छ । बजार २६ बिन्दु नाघेको छ । २६१९.०२ बिन्दुले बढेर यसअघिको उच्च बिन्दु नजिक पुगेको हो । सेयर बजारको उच्च बिन्दु २६४० थियो । ४३.३६ अंकले बढेको बजारमा ६ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आज ट्रेडिङ बाहेक सबै समूहमा गिरावट आएको छ ।

आज महिला लघुवित्त वित्तिय संस्थाको सेयरको मूल्य ९.९७ प्रतिशतले बढेर ६ सय ६२ रुपैयाँ प्रतिकित्ता कायम भएको छ । आजको बजारमा सेयर मूल्य बढ्नेको अग्रस्थानमा महिला  लघुवित्त नै रहेको छ । दोस्रोमा अजोड इन्स्योरेन्स परेको छ । यसको सेयर मूल्य ९.९६ प्रतिशतले बढेर ९३८ रुपैयाँ पुगेको छ । 

कारोबार रकमको आधारमा भने हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा छ । यसको  ३६ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप