शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डडेल्धुरामा माटो खन्ने क्रममा पुरिएर एक महिलाको मृत्यु, दुई घाइते

बिहीबार, १९ चैत २०७७, ०० : ००
बिहीबार, १९ चैत २०७७

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिकामा घर पोत्नका लागि माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर एकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।  अमरगढी नगरपालिका–७ स्थित उग्रतारा मन्दिर नजिकैको जङ्गल छेउमा घर पोत्नका लागि माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर वडा नम्बर ७ ऐरीगाउँकी नारुदेवी ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

आज दिउँसो माटो खन्ने क्रममा ढिस्कोले पुरिएर अन्य दुई घाइते भएका प्रहरीले जानकारी दिएको छ । घाइते हुनेमा सोही गाउँकी सारदा ऐर र कमला विक रहेका छन् । घाइते दुवैको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप