केन्द्रीय संस्करण
स्वास्थ्य

सावधान ! यस्ता लक्षण देखिए मस्तिष्कघात हुन सक्छ

अत्याधुनिक प्रविधिबाट अब नेपालमै उपचार सम्भव (भिडियो)

person explore access_timeचैत १९, २०७७ chat_bubble_outline0

 

काठमाडौं । काठमाडौंका ५५ वर्षीय सुशील पन्त (नाम परिवर्तन) को एक्कासी देब्रेपट्टिको हातखुट्टा चलेन । मुख बाङ्गो भएर बोली पनि लरबरिन थाल्यो । एमआरआई गरेर हेर्दा उनको दिमागको ठुलो नसा बन्द भएको थियो । उनी बाँसबारीस्थित न्यूरो अस्पतालमा पुगेको ८० मिनेटमा ‘न्यूरो इन्टरभेन्सन’ प्रविधिबाट उपचार गरेपछि पूर्ववत् अवस्थामा फर्किए । हात, खुट्टा, मुख बाङ्गो भएर लरबराएको बोली पूर्ववत् अवस्थामा फर्कियो ।

धेरै मानिसलाई मस्तिष्कघात भएपछि टाउकोको शल्यक्रिया गर्नुपर्छ भन्ने लाग्न सक्छ । तर, यस्तो समस्या भएपछि तत्काल अस्पताल पुगेमा छोटो समयमै न्यूरो इन्टरभेन्सनमार्फत उपचार हुन्छ । मस्तिष्कघात भएर दिमागको मोटो नसा बन्द भएमा कुनै पनि औषधिले राम्रो नतिजा नदिने बाँसबारीस्थित न्यूरो अस्पतालका न्यूरो इन्टरभेन्सनिस्ट डा.सुवास फुँयाल बताउँछन् ।

मस्तिष्कघात भएका ५५ वर्षीय व्यक्तिको टाउकोको शल्यक्रिया नै नगरिकन खुट्टाबाट तार टाउकोमै पुर्‍याएर ‘थ्रमेकटोनी’ अर्थात् बन्द भएको नसालाई खोलेर उपचार गरिएको उनले सुनाए । मस्तिष्कको नसा च्यातिँदा र बन्द हुँदा नेपालमा टाउकोको शल्यक्रिया गरिन्छ । यस्तै, मस्तिष्कघात हुँदा रगत पातलो बनाउने औषधि बिरामीलाई दिइने भए पनि पूर्ण रुपमा निको नहुने डा. फुँयाल बताउँछन् । तर नयाँ प्रविधिबाट उपचार गरेर बिरामीमा जीवनभर हुने प्यारालाइसिसबाट बचाउन सकिने उनले बताए ।

दिमागको नसा बन्द हुनुलाई मस्तिष्क घात भनिन्छ । दिमागको नसा च्यातिनुलाई ‘ब्रेन हेमरेज’ भनिन्छ । यस्ता समस्याको उपचारका लागि प्रायः टाउकोको शल्यक्रिया गरिन्छ । तर शल्यक्रियाबिना नै हात वा खुट्टाको नसाबाट तार लगेर उपचार गर्ने प्रविधिलाई न्यूरो इन्टरभेन्सन भनिने डा.फुँयाल बताउँछन् ।

नेपालमा मस्तिष्कघातसम्बन्धी उपचार गर्ने नयाँ प्रविधि न्यूरो इन्टरभेन्सनबाट टाउकोको शल्यक्रियाबिना नै बिरामीलाई पूर्वतत् अवस्थामा फर्काउन सक्ने उनको दावी छ ।

न्यूरो इन्टरभेन्सन के हो ?   

डा. फुँयालका अनुसार बिरामीको टाउकोको शल्यक्रियाविना नै दिमागको नसामा भएको कुनै पनि समस्याको उपचार गर्नुलाई ‘न्यूरो इन्टरभेन्स’ भनिन्छ ।

दिमागको नसा बन्द हुनुलाई मस्तिष्क घात भनिन्छ । दिमागको नसा च्यातिनुलाई ‘ब्रेन हेमरेज’ भनिन्छ । यस्ता समस्याको उपचारका लागि प्रायः टाउकोको शल्यक्रिया गरिन्छ । तर शल्यक्रियाबिना नै हात वा खुट्टाको नसाबाट तार लगेर उपचार गर्ने प्रविधिलाई न्यूरो इन्टरभेन्सन भनिने डा. फुँयाल बताउँछन् ।

एक्कासी दिमागको नसा बन्द भयो भने उभिँदा सन्तुलन हुँदैन । एउटा वा दुईवटै आँखाले धमिलो देख्छ, बिरामीको मुख बाङ्गो हुने, हात, खुट्टामा कमजोरी हुनेजस्ता लक्षण देखिने डा. फुँयाल बताउँछन् । बिरामीले हात वा खुट्टा उठाउन खोज्दा एक्कासी नउठ्उनु, बोल्दाबोल्दै बोल्न नसक्ने गरी बोली लरबराउने जस्ता समस्या मस्तिष्कघातको लक्षण हो ।

पहिला कसरी उपचार गरिन्थ्यो ?

दिमागको नसा बन्द भएका बिरामीलाई कुनै प्रकारको शारीरिक पीडा वा दुखाइ हुँदैन । हृदयाघात भएका बिरामीलाई छातीमा दुखेजस्तो मस्तिष्कघात भएका बिरामीलाई दुख्ने समस्या हुँदैन ।

एक्कासी दिमागको नसा बन्द भयो भने उभिँदा सन्तुलन हुँदैन । एउटा वा दुईवटै आँखाले धमिलो देख्छ, बिरामीको मुख बाङ्गो हुने, हात, खुट्टामा कमजोरी हुनेजस्ता लक्षण देखिने डा. फुँयाल बताउँछन् । बिरामीले हात वा खुट्टा उठाउन खोज्दा एक्कासी नउठ्नु, बोल्दाबोल्दै बोल्न नसक्ने गरी बोली लरबराउने जस्ता समस्या मस्तिष्कघातको लक्षण हो ।

यस्तो लक्षण देखिएपछि तुरुन्त अस्पताल पुगेमा छोटो समयमै सानो वा ठुलो नसामा जमेको रगतलाई निकालेर नेपालमै नयाँ प्रविधिबाट नसा खोलेर जीवनभर हुने प्यारालाइसिस वा अपाङ्ग हुनबाट बचाउन सकिने उनले बताए ।

हाल नेपालमै विभिन्न अस्पतालमा यस्ता खालका बिरामीको उपचार टाउकोको अप्रेशन वा औषधिबाट गरिन्छ ।

लक्षण देखिनासाथ अस्पताल जान सुझाव

मस्तिष्कघात भएका बिरामी जतिसक्दो चाँडो अस्पताल पुग्नुपर्ने डा. फुँयालको भनाइ छ । ‘दिमागको मोटो नसा बन्द भइसकेपछि दिमागको हिस्सा एकैपटक मर्दैन,’ उनले भने, ‘क्रमशः दिमागको नसा मर्न थाल्छ ।’

दिमागको बारेमा हालसम्म अनुसन्धानले मस्तिष्कघात भएको ६ घण्टाभित्र अस्पताल पुगेमा बन्द भएको नसालाई खोलेर बिरामीलाई सामान्य अवस्थामा फर्काउन सकिने देखाएको छ । तर, सन् २०१८ मा मस्तिष्कघात सम्बन्धी एक अनुसन्धानमा २४ घण्टाभित्र बिरामीलाई अस्पताल पुर्या‍एर बन्द भएको नसालाई खोलेर पहिलाकै अवस्थामा फर्काउन सकिने कुरा थाहा पाएको उनले बताए ।  

कसरी काम गर्छ यो प्रविधिले ?

दिमागको नसा विभिन्न कारणले बन्द हुन्छ । कहिलेकाहीँ मुटुको समस्या भएका व्यक्तिको मुटुमा रगत जमेर त्यही रगतको थेग्लो  दिमागको नसामा पुगेर बस्ने र नसा बन्द गर्ने गर्छ ।

बिरामीलाई समस्या नहोस् भनेर चिकित्सा विज्ञानमा नयाँ प्रविधिहरुको विकास भइरहने उनले बताए । उनले भने, ‘मस्तिष्कघात हुँदा टाउकोको चिरफार गर्न पर्दैन, ठुलो घाउ नबनाइकन आइसियूमा धेरै लामो समयसम्म बिरामीलाई नराखिकन, खुट्टाको नसामा दुई एमएम सानो प्वाल बनाएर त्यसकै माध्यमबाट नसाको अप्रेशन गर्न सकिन्छ ।’

दिमागको नसाको भित्तामा बोसो जमेर पनि नसा बन्द हुनसक्छ । जुनसुकै कारणले दिमागको नसा बन्द भए पनि त्यसलाई खोल्ने प्रविधि दुई किसिमको हुन्छ । एउटा प्रविधि हो दिमागको नसाको आकारजत्रै एउटा ट्युब लगेर रगतको थेग्लो तानिन्छ । त्यसलाई एस्पिरेसन (aspiration) प्रविधि भनिन्छ । यस्तै, झिल्लीजस्तो जालीलाई बन्द भएको नसामा लगेर रगतको थेग्लो वा बोसोलाई समातेर बाहिर निकाल्ने गरिन्छ । त्यसलाई स्ट्रेन रिट्टेबल भनिन्छ । विगतमा मस्तिष्कमा जमेको रगतको थेग्लोलाई पगाल्न विभिन्न औषधि दिइन्थ्यो । सन् २०१५ को क्लिनिकल ट्रायलमा दिमागको कुनै पनि मोटो नसा बन्द भयो भने रगत पगाल्ने औषधिले राम्रो नतिजा नदेखाएको डा. फुँयालले बताए ।

नयाँ प्रविधि ल्याएपछि न्यूरो अस्पतालले मस्तिष्कघात भएका ७५ जना र ब्रेन हेमरेज भएका ८० जनाको सफलतापूर्वक उपचार गरेको उनले सुनाए । उनका अनुसार नेपालमा न्यूरो इन्टरभेन्सन गर्नका लागि बाइप्लेन डिएसए प्रविधि न्यूरो अस्पताल बासँबारीमा मात्रै छ ।

न्यूरो इन्टरभेन्सन नेपालमा भर्खरै आएको प्रविधि हो । ‘पित्त थैली पत्थरीका लागि पहिला शल्यक्रिया गरिन्थ्यो,’ उनले भने, ‘अहिले प्रविधिको विकास भएपछि बिरामीलाई सहज होस् भनेर पेट नचिरिकन प्वाल पारेर ल्याप्रोस्कोपीबाट गरिन्छ ।’

बिरामीलाई समस्या नहोस् भनेर चिकित्सा विज्ञानमा नयाँ प्रविधिहरुको विकास भइरहने उनले बताए । उनले भने, ‘मस्तिष्कघात हुँदा टाउकोको चिरफार गर्न पर्दैन, ठुलो घाउ नबनाइकन आइसियूमा धेरै लामो समयसम्म बिरामीलाई नराखिकन, खुट्टाको नसामा दुई एमएम सानो प्वाल बनाएर त्यसकै माध्यमबाट नसाको अप्रेशन गर्न सकिन्छ ।’

नेपालमा न्यूरो इन्टरभेन्सनमार्फत उपचार गरिएकामध्ये ९० प्रतिशत सफल भएको उनले सुनाए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.