तमिल सुपरस्टार रजनीकान्तले पाउनेछन् फिल्मको सर्वोच्च सम्मान

person explore access_timeचैत १९, २०७७ chat_bubble_outline0

दक्षिण भारतका सुपरस्टार रजनीकान्तलाई दादा साहेब फाल्के अवार्ड २०१९ बाट सम्मानित गरिनेछ । केन्द्रीय सूचना तथा प्रसारणमन्त्री प्रकाश जावडेकरले बिहिबार यसको घोषणा गरेको हो । यसलाई तमिलनाडु चुनावसँग जोडेर हेरिएको एक प्रश्नको जवाफमा उनले राजनीकान्तले  फिल्मी उद्योगलाई दिएको योगदानका लागि यो सम्मान दिन लागेको स्पष्टिकरण दिए । यसको चुनावसँग केही लेनदेन नभएको पनि उनले जानकारी दिए । वास्तवमा तमिलनाडुमा ६ अप्रिलमा विधानसभा चुनावका लागि भोटिङ हुँदै छ । राजनीकान्तलाई ५१ औं दादा साहब फाल्के अवार्ड ३ मेमा दिइनेछ ।

मोदीले दिए बधाईः

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रजनीकान्तलाई सोसल मिडिया पोस्टमा बधाई दिएका छन् । उनले लेखे, ‘थुप्रै पीढिमा लोकप्रिय, जबरजस्त काम जो कमै मानिसहरु गर्न पाउँछन्, विविध भूमिका र एक प्यारो व्यक्तित्व... यस्ता छन् रजनीकान्त जी । यो निकै खुसीको कुरा हो कि थलाइवालाई दादा साहेब फाल्के पुरस्कारद्वारा सम्मानित गरिएको छ, उनलाई बधाई ।’

रजनीकान्तले २६ दिनमा छोडेका थिए राजनीतिः

रजनीकान्तको राजनीतिमा आउने सपना अधुरा नै रह्यो । ७० वर्षका रजनीले खराब स्वास्थ्यका कारण चुनावी राजनीतिमा नआउने निर्णय गरेका छन् । ३ डिसेम्बरमा राजनीकान्तले आफू नयाँ पार्टीसहित आउने बताउँदै सन् २०२१ को विधानसभा चुनाव पनि लड्ने बताएका थिए । ३१ डिसेम्बरमा नयाँ पार्टी घोषणा गरिनेछ तर यस्तो हुन सकेन र २६ दिनभित्रै नै उनले राजनीति छोडिदिए ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।