शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजारमा सवा सात अर्बको कारोबार

बिहीबार, १९ चैत २०७७, १५ : ५५
बिहीबार, १९ चैत २०७७

काठमाडौं । साताको अन्तिम कारोबार (बिहिबार) दिन सेयर बजारमा १२.८८ अंकको बढोत्तरी छ । ०.४९ प्रतिशतले बढेको बजार २६३१.८९ बिन्दुमा अडिएको छ । आज ७ अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । होटल्स तथा पर्यटन बाहेक सबै समूह, जीवन बीमा समूह, लगानी समूह, म्युचुअल फण्ड बाहेक सबै समूहमा बढोत्तरी छ । होटल्स तथा पर्यटन समूह ७७.२२ अंकले घटेको छ भने जीवन बिमा समूहतर्फ ५६.६६ अंकको गिरावट छ । म्यूचुअल फण्ड ०.०३ अंक र  लगानी समूह १.०९ अंकले घटेको छ । 

सान्जेन जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यसको सेयर मूल्य ३ सय ८५ रुपैयाँ पुगेको छ । दोस्रो बढी सेयर मूल्य बढ्नेमा युनाइटेड फाइनान्स परेको छ । यसको सेयर मूल्य ४ सय २० रुपैयाँ छ ।

चन्द्रागिरीको सेयर मूल्य ७० रुपैयाँले घटेर २ हजार ५० रुपैयाँ कायम भएको छ । नेपाल पूर्वाधार बैंकको ५ सय ९२ रुपैयाँ प्रतिकित्ता सेयर छ । बिहिबार अपर तामाकोशीको सेयर कारोबार सबैभन्दा बढी भएको छ । २९ करोड ५६ लाख ३५ हजार ८ सय २ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप