मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

२७ चैत्रमा मुकेश र सविनाको ‘गुड फ्रेन्ड’

बिहीबार, १९ चैत २०७७, १६ : ०९
बिहीबार, १९ चैत २०७७

काठमाडौँ । नयाँ वर्ष ०७८ को अवसर पारेर फिल्म ‘गुड फ्रेन्ड’ २७ चैत्रबाट प्रदर्शनमा आउने भएको छ । यो मितिमा आउने भनिएको सबै फिल्म सरेको कारण ‘गुड फ्रेन्ड’ २७ चैत्रमा आउन लागेको हो । साथी साथी बीचको सम्बन्ध, प्रेम र समर्पणको कथामा निर्माण भएको फिल्मको ट्रेलर समेत सार्वजनिक गरिएको हो । ट्रेलरमा प्रेम र रोमान्स समेटिएको छ ।

राजबहादुर सानेको निर्देशन रहेको मुकेश ढकाल, सबिना कार्की, राज सिंह, दीपक बिक्रम शाही, एलवी कटुवाल, राजन महर्जन, वसन्त बर्मा, पूजा महर्जन, धीरज खत्री र भूमिका सापकोटा मुख्य भूमिकामा छन् । बिजी बर्मा फिल्मस्को ब्यानरमा बसन्त बर्माको प्रस्तुति रहेको फिल्मको निर्मातामा बसन्त बर्मा, राज सिंह र पम्फा बर्मा अनि सह निर्मातामा बारुफ बर्मा र पारुबी बर्मा छन् । फिल्मको गीतमा सञ्जय लामा बलको संगीत, प्रदीप खड्काको द्धन्द्ध निर्देशन र सम्पादन प्रवल प्रधानको छ । 

केही वर्षअघि नै निर्माण सम्पन्न भएतापनि प्रदर्शनका लागि उचित समय पर्खदा यो फिल्म अहिले, रिलिज हुन लागेको हो ।  फिल्मले साथी–साथी बीचको प्रेम बोल्ने निर्देशक सानेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप