मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

स्क्रिप्ट तयार, कास्ट पनि रेडीः हेराफेरी थ्री चाँडै नै हेर्न पाइने ?

बिहीबार, १९ चैत २०७७, १७ : ०६
बिहीबार, १९ चैत २०७७

बलिउडमा जतिबेला कमेडी फिल्मको कुरा आउँछ हेरा फेरी त्यसमा समावेश हुनु साधारण हो । जुन फिल्मले कमेडीको परिभाषा परिवर्तन गरिदिएको छ त्यो फिल्मले दर्शकलाई हसाउने नयाँ तरिकाको खोजी गरेको छ । अब त्यो फिल्मको तेस्रो संस्करण निकै तेज भइरहेको छ । यो फिल्मको विषयमा लामो समयदेखि कुरा भइरहेको थियो तर अब पक्का जानकारी सार्वजनिक भएको छ ।

अब आइरहेको छ हेरा फेरी थ्री ?

हेरा फेरीका निर्माता फिरोज नाडियाडवालाले हेरा फेरी थ्रीमाथि काम सुरु भइसकेको बताएका छन् । फिल्मको स्क्रिप्ट पनि तयार भइसकेको छ र निकै चाँडै सुटिङ पनि सुरु हुने उनले जानकारी दिए । एक न्यूज पोर्टलसँगको कुराकानीमा भने, ‘हेरा फेरी थ्रीको कहानी त्यहिबाट सुरु हुने जहाँ हेरा फेरी समाप्त भएको थियो । यस्तोमा दर्शकलाई कनेक्ट गर्न समस्या हुनेछैन । ’

यसका साथै फिरोजले आफू हेरा फेरी थ्रीमा नै नरोकिने बताएका छन् । उनी अब यो फ्रेन्चाइजलाई थप ठूलो बनाउने तयारीमा छन् ।

अक्षय कुमार होलान् ?

फिल्मको स्टार कास्टको विषयमा परेश रावल र सुनिल शेट्टीले पुनः धमाका मच्चाउने बताइएको छ तर अक्षय कुमारको विषयमा अझै सटिक जानकारी आइसकेको छैन । उनी फिल्मको हिस्सा होलान् नहोलान् यो स्पष्ट छैन । हुन त हेरा फेरी थ्रीमा सुरुमा जोन अब्राहम र अभिषेक बच्चनलाई ल्याउने तयारी थियो तर केही समयपछि यो सम्भव भएन । अब फिल्मको औपचारिक घोषणा प्रतीक्षा गरिँदैछ ।

स्मरण रहोस्, हालै हेरा फेरीले २१ वर्ष पूरा गरेको छ । यो विशेष मौकामा अक्षय कुमार र सुनिल शेट्टीले पुराना दिन याद गरेका छन् । सोसल मिडियामा उनले तस्बिर जारी गर्दै भने, ‘त्यतिबेला थाहा थिएन कि हामीले के फिल्म बनाइरहेका थियौं, हरेक सीन दोस्रोभन्दा उत्कृष्ट थियो । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप