शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सहिमा र बिक्रमले ल्याए ‘मोटर सरर’

शुक्रबार, २० चैत २०७७, १० : ५८
शुक्रबार, २० चैत २०७७

काठमाडौं । गायिका सहिमा श्रेष्ठ र बिक्रम रानाको स्वरमा रहेको गीत ‘मोटर सरर’ सार्वजनिक भएको छ । अमर वन्तुको शब्द रहेका गीतमा राजनराज सिवाकोटीको संगीत छ ।

गीतको भिडियो सुव्रतराज आचार्यल निर्देशन गरेका हुन् । जसमा दुर्गेश थापा, विजय पुन, गीता ढुंगाना र सजिना श्रेष्ठको अभिनय रहेको छ । सजीनाले यसै भिडियोबाट अभिनयमा डेब्यू गरेकी हुन् । 

यात्राको क्रममा भेटिएका युवा–युवतीहरुबीच शुरु भएको प्रेम व्यक्त गर्ने गीतको भिडियोमा प्रमोद के.भण्डारीको कोरियोग्राफी , उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन रहेको छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप