शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘कृष्ण लीला’को रिलिज स्थगित

शुक्रबार, २० चैत २०७७, ११ : ०१
शुक्रबार, २० चैत २०७७

काठमाडौंँ । फिल्म ‘कृष्ण लीला’को रिलिज मिति सरेको छ । २७ चैत्र प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको लगानी जोखिममा परेको भन्दै रिलिज स्थगित गरेको हो ।

फिल्मका प्रस्तुतकर्ता रोहित कट्टेलले हल व्यवसायीहरुको साथ नभएको कारण फिल्म सार्नु परेको गुनासो गरे । ‘फिल्म २७ चैत्रमा रिलिज गर्न हामी तयार थियौं । तर, हल व्यवसायीलाई लगानी सुरक्षित हुने वातावरण बनाउन गरिएको आग्रह वेवास्था गरियो’ रोहितले भने ‘करोडौंको लगानीमा जोखिम नउठाउँ भनेर फिल्म सारियो ।’

यो सँगै २७ चैत्रमा आउँने भनिएको तीन फिल्म नै सरेको छ । यो मितिमा आउँन भनिएको अन्य दई फिल्ममा ‘लप्पन छप्पन २’ र ‘मनसँग मन’ले केही अगाडि रिलिज मिति सारिसकेको छ ।

दीपक ओलीको निर्देशन रहेको फिल्म ‘कृष्ण लिला’मा पुष्प खड्का र श्रद्धा क्षेत्रीको मुख्य भूमिका छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप