‘स्वास्थ्य संकटकाल’ लागू गर्न माग गर्दै प्रदर्शन, १० जना पक्राउ
शुक्रबार, २० चैत २०७७, ११ : ४०
काठमाडौँ लगायत देशका विभिन्न भागमा वायु प्रदूषण बढेको भन्दै वातावरण संरक्षण अभियान्ताहरुले वातावरण तथा स्वस्थ्य संकटकाल लागू गर्न माग गर्दै शुक्रबार प्रदर्शन गरेका छन् । देशमा डढेलो र वायु प्रदूषणले जनस्वास्थ्य संकटमा रहेको बेला सरकार बसेको भन्दै उनीहरुले सिंहदरबार अगाडि प्रदर्शन गरेका हुन् ।

प्रहरीले प्रदर्शनमा हस्तक्षेप गर्दै ९–१० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई सशस्त्र प्रहरी गण नम्बर २ महाराजगञ्जमा राखिएको प्रहरीको भनाइ छ ।

देशका विभिन्न भागमा लागेको डढेलोका साथै प्रदूषणले देशभरको वायुको गुणस्तरमा ह्रास आएको छ । केही दिनअघि काठमाडौँ वायु प्रदूषणको मामिलामा विश्वकै सबैभन्दा प्रदूषित शहरसमेत बनेको थियो । विज्ञहरुले काठमाडौँको वायु जनस्वास्थ्यका लागि घातक बनेको बताइरहेका छन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
-
पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
-
१२ बजे १२ समाचार: २५ वटा सेवामा हडताल गर्न निषेधदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
सुशासन र समृद्धिका तगाराहरू
-
कागजी सुशासन र अलपत्र विकास
-
विभेदबाट मुक्ति र सामाजिक न्याय स्थापना गर्न नसक्नु सुशासन र समृद्धिका तगारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण