शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रेमगञ्ज’ मा बेनिशा अनुबन्धित

शुक्रबार, २० चैत २०७७, १७ : १४
शुक्रबार, २० चैत २०७७

काठमाडौं । अभिनेत्री बेनिशा हमालको अभिनय फिल्म ‘प्रेमगञ्ज’मा पनि रहने भएको छ । निर्माण युनिटले उनलाई मुख्य अभिनेत्रीको रुपमा हालै अनुबन्धित गरेको हो । परिच्छेद सेनको निर्देशन रहने फिल्ममा उनको आयोजित भूमिकामा तेज गिरी फाइनल भएका छन् । तेजले यही फिल्मबाट अभिनेताको रुपमा डेब्यु गर्न लागेका हुन् ।

यहि २५ गतेबाट छायाँकन सुरु हुने त्रिकोणात्मक प्रेम कथामा बन्न लागेको फिल्मका लागि लागि सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, आयुष ढकाल छनोट भएका छन् । फिल्मले दुई कालखण्डको प्रेमकथा प्रस्तुत गर्ने बताइएको छ । स्पटब्वाई राजु फुयाँलले निर्माण गर्ने फिल्मको कार्यकारी निर्मातामा अनन्तमान श्रेष्ठ छन् । चलचित्र चौतारीको ब्यानरमा निर्माण हुन लागेको फिल्मको काभ्रे, जिरी र काठमाडौंमा छायाँकन हुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप