नेपालका मिडियाले विश्वसँग प्रतिस्पर्धा गर्नुपर्छः अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको मिडिया विश्वसामु प्रतिस्पर्धामा पुग्नुपर्ने बताएका छन् । शुक्रबार संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरणको कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपालको मिडियालाई दुनियाँले सुन्ने बनाउनुपर्नेमा जोड दिए ।
सही सूचनालाई विश्वभर पुर्याउने काममा पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने पनि उनले बताए । कमी कमजोरीहरूलाई सच्याएर अघि बढ्ने कुरामा ध्यान दिन पनि अध्यक्ष तिमिल्सिनाले सुझाव दिए । उनले भने, ‘सही सूचनाहरूलाई दुनियाँ भर पु¥याउने काममा पनि यहाँहरुको भूमिका हुनुपर्छ । अझै त्यो बढ्दै जाओस् र कमी कमजोरीहरूलाई सच्याएर अगाडी जाओस् भन्ने कुरालाई ध्यान दिएर लानुपर्ने हुन्छ । मिडियामा पनि उच्चतम नमुना दिनसक्ने देश भनेर बनाउने कुरातिर पनि यहाँहरूले सोच्नु भा छ कि ? नभए नी सोचि दिनुहोला ।’
मिडियाबाट आएका समाचारहरूबाट पनि सांसदहरुले आफूलाई सुधार गर्ने गरेको उनले बताए । संसदको गतिविधिहरुलाई जनता समक्ष पुर्याउन पत्रकार तथा मिडियाहरुको महत्वपूर्ण भूमिका रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीके राउतले भने– योजना र सरुवा बढुवाका लागि फोन नगर्नू
-
सुगम पोखरेलको नयाँ गीत ‘निलो गहिरो’ सार्वजनिक
-
एकीकृत समाजवादी रुपन्देही जिल्ला अधिवेशनको तयारी पूरा
-
आईपीएलमा फेरि लागू हुँदैछ यो नियम, दबाबमा पर्न सक्छन् ब्याट्सम्यान
-
थारु, मुस्लिमलगायत समुदायको आरक्षणको माग सम्बोधन हुन्छः प्रधानमन्त्री
-
महँगी नियन्त्रणका गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री